सहिद मङ्गल सिंह राजपुतको पाँचै पुण्यतिथी पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 3, 2018

सहिद मङ्गल सिंह राजपुतको पाँचै पुण्यतिथी पालन

गफसफ.com, कालेबुङ 3 अगस्त।
गोर्खा जनमुक्ति मोर्चाले सहिद मङ्गल सिंह राजपुतको पाँचौ पुण्यतिथी पालन गरेको छ। सन् 2013 मा चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोन मा आत्मदाह गरेर सहिद बनेका राजपुतको सालिगमा आज पुण्यतिथी पालन गरिएको हो। डा. ग्राहम होम्समा सहिद राजपुतको स्मृतिमा निर्मित सहिद वेदीमा पुण्यतिथी पालन गरेर उनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

सहिद मङ्गल सिङ राजपुतलाई श्रद्धाञ्जली प्रदान गर्न जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बा, गोजमुमो जिल्ला समिति सचिव गायत्री मुखिया, प्रवक्ता भुवन खनाल, युवा मोर्चा अध्यक्ष विदुर राई, सचिव अमिर बस्नेत, नारी मोर्चा सयोजक कल्पना तामाङ, नगराध्यक्ष रवि प्रधान लगायत वार्ड पार्षदहरूसँगै अन्य मानिसहरूको उपस्थिति रहेको थियो।
यसै अवसरमा सहिद राजपुतकी पत्नी मञ्जु राजपुतलाई जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बाको बाहुलीबाट सम्मान पनि जनाइएको थियो।
‘मङ्गलसिंह राजपुतसँग भेट हुँदा जहिल्यै पनि गोर्खाल्याण्डको निम्ति प्राण दिन तयार छु भन्थे’ जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बाले अझ भने – ‘उहाँले दिएको बलिदानलाई कदर गर्दै छुट्टै राज्य प्राप्तिको बाटो हामी क्रमबद्ध रूपले अघि बढुपर्नेछ।’ उनले सहिद राजपुतको बलिदान खेरो जान नदिने बताउँदै गोजमुमो पार्टीले बौद्धिक अनि गणन्त्रिक ढङ्गमा सहिदहरूले देखेको सपना पूरा गर्न आफूहरू लागिपर्ने बताए। ‘लक्ष्यहिन राजनीति हामीले गर्नुहुँदैन यसैकारण हामीले लक्षहीन नेतृत्व पनि बनिनु हुँदैन। अब हामीले हाम्रो लक्ष्य प्राप्तिको निम्ति क्रमद्ध ढाँचामा वौद्धिक तरिकाले अघि बढ्नुपर्नेछ’ सुब्बाले भने।
अर्कोतिर श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङ जिल्ला युवा मोर्चा अध्यक्ष विदुर राईले मङ्गलसिङ राजपुतको बलिदान खेरो जान नदिने बताउँदै उनको योगदानलाई कसैले बिर्सन नहुने बताए। ‘मङ्गलसिंह राजपुतले दिएको बलिदान त्यसै खेरो जानेछैन’ विदुर राईले अझ भने –‘अब हामीले लड्ने गोर्खाल्याण्डको वौद्धिक आन्दोलनमा एकैजनालाई पनि शहीद बन्न दिनेछैनौँ।’
अर्कोतर्फ सहिद मङ्गलसिंह राजपुतकी पत्नी मञ्जु राजपुतले पत्रकारहरूसँग बोल्दै आफ्ना पति शुरूदेखि नै गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहेको अनि उनको योगदानलाई कसैले पनि खेरो जान दिन नहुने बताइन्। ‘सम्पूर्ण गोर्खाहरूका निम्ति उनले आत्मदाह गरेर गोर्खाल्याण्डका निम्ति सहिद बने। उनको बलिदानलाई कसैले खेरो जान दिनु हुँदैन’ मञ्जु राजपुतले भनिन्। यसक्रममा उनले छुट्टै राज्यको आन्दोलनमा आगमी दिन गणतान्त्रिक ढङ्गमा अघि बडाएर कसैलाई पनि सहिद नबनाई लक्ष्य प्राप्ति गर्नुपर्ने पनि बताएकी छन्।
अर्कोतर्फ गोजमुमो अध्यक्ष एवम् जीटीए, बीओए अध्यक्ष विनय तामाङले पनि सहिद मङ्गलसिंह राजपुतको पाँचौ पुण्यतिथीमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
‘गोर्खाल्याण्ड आन्दोलनको लामो इतिहासमा सहिद मङ्गलसिङ राजपुत आत्मादाह गर्ने  वहाँ प्रथम योद्धा हुनुहुन्छ। गोर्खाल्याण्डको निम्ति आत्मादाह गर्ने सहिद मङ्गलसिङ राजपुतलाई हार्दिक श्रद्धाञ्जली’ विनय तामाङले भने।

No comments:

Post a Comment

Post Bottom Ad