कालेबुङमा जापले लगायो गोर्खाल्याण्डको नारा; नाराबाजी गर्नेहरूलाई पुलिसले ल्याए थानामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 11, 2018

कालेबुङमा जापले लगायो गोर्खाल्याण्डको नारा; नाराबाजी गर्नेहरूलाई पुलिसले ल्याए थानामा

गफसफ.com, कालेबुङ 11 अगस्त।
105 दिनको पहाड बन्दपछि पहिलोपल्ट कालेबुङको सडकमा छुट्टै राज्य गोर्खाल्याण्डको नारा गुञ्जिएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा दिल्लीमा धर्ना प्रदर्शन गरेर कालेबुङ आइपुगेका जन आन्दोलन पार्टीको युवा एकाईले कालेबुङको सडकमा गोर्खाल्याण्डको नाराबाजी गरेको हो।
जाप कार्यकर्ताहरू नाराबाजी गर्दै कालेबुङमा 
अर्कोतर्फ जाप कार्यकर्ताहरूले छुट्टै राज्य गोर्खाल्याण्डको नाराबाजी गर्दै शहरमा प्रशासनिक अनुमतिबिना नै जुलुस गरेपछि कालेबुङ पुलिसले पार्टीका महासचिव नयन प्रधान, प्रवक्ता  नरेश राई, भुपेन राई, आशिष राई अनि ढेन्डुप भोटियालाई सोधपुछको निम्ति थानामा ल्याएको छ।
पुलिसले उनीहरूलाई सोधपुछको निम्ति कालेबुङ थानामा ल्याएर राखे पनि समाचार लेखुञ्जेलसम्म भने उनीहरू विरुद्ध कुनै मुद्दा भने दर्ता गरेको छैन। यसरी थानामा सोधपुछ गर्नका निम्ति ल्याएर राखेको खबर चारैतिर फैलिएपछि कालेबुङ थानामा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर पनि आइपुगेका छन्। यसका साथै पार्टीका अन्य नेतृत्ववर्ग पनि कालेबुङ थानामा सोधपुछ गर्न ल्याइएकाहरूको मनोबल वृद्धि गर्नलाई भेला भएका छन्। अहिलेघरी कालेबुङ थानामा जाप कार्यकर्ताहरूको भीड जमेका छन् भने उनीहरूले आफ्ना कार्यकर्ताहरूलाई नछोडेसम्म डेरा जमाएर बस्ने निधो गरिसकेको थाह लागेको छ।
जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री सोधपुछ गर्न थाना ल्याएका कार्यकर्ताहरूसंग - (फोटो सौजन्य फेसबुक)
जाप युवा एकाईका कार्यकर्ताहरू दिल्लीमा धर्ना प्रदर्शन गरेर आज कालेबुङ आइपुगेका थिए। उनीहरूलाई स्वागत गर्न जन आन्दोलन पार्टीका कार्यकर्ताहरू थाना डाँडामा भेला भएका थिए। दिलीबाट कालेबुङ आइपुगेका युवा कार्यकर्ताहरूलाई महासचिव नयन प्रधनको नेतृत्वमा रहेको टोलिले खदा लगाएर स्वागत जनाएपछि उनीहरू सोझै नाराबाजी गर्दै मेन रोड हुँदै डम्बर चौक तर्फ बडेको थियो।
कालेबुङ थानामा भेला भएका जाप पार्टीका कार्यकर्ताहरू- (फोटो सौजन्य फेसबुक)
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा गतवर्ष चलेको  दिनको बन्द पछि कालेबुङको मेन रोडमा यो नै पहिलोप राजनैतिक जुलुस थियो। जुन जुलुस जाप कार्यकर्ताहरूले अघोषित निकालेका थिए। ‘जन आन्दोलन पार्ट जिन्दावाद,  गोर्खाल्याण्ड हामीलाई चाहिन्छ’ जस्ता नारा लगाउँदै जाप कार्यकर्ताहरू मेन रोड हुँदै डम्बर चौक तर्फ बडेपछि मानिसहरूले पनि एकक्षणका निम्ति अकमक्क परेर हेरेका थिए। यसक्रममा उनीहरूले डम्बर चौकमा आइपुगेर पनि निकै बेरसम्म नाराबाजी गरिरहे भने पछिबाट पत्रकारहरूलाई सम्बोधन गर्दै उनीहरू पुन: नाराबाजी गर्दै  11 माइलमा अवस्थित पार्टी कार्यालयसम्म पुगेका थिए।
दिल्लीमा धर्ना गरेर कालेबुङ आइपुगेपछि प्रवक्ता नरेश राईले दिल्लीको धर्नाबारे विस्तृतमा जानकारी गराएका छन्। यसक्रममा उनले गोर्खाल्याण्ड गोर्खाहरूको संवैधानिक माग रहेको कारण उक्त मागलाई संसदको प्रत्येक सत्र चलेको समयमा दिल्ली पुगेर उठान गर्ने पनि बताएका छन्। ‘छुट्टै राज्य गोर्खाल्यण्ड केवल दिल्लीले मात्र दिन सक्छ। यसैकारण जन आन्दोलन पार्टीले गोर्खाल्याण्डका निम्ति गर्ने कार्यहरू दिल्लीमा नै गर्नेछ’ प्रवक्ता नरेश राईले भने। उनले यसपल्टको दिल्ली धर्ना प्रदर्शनले पनि केन्द्र सरकारलाई गोर्खाल्याण्डको आवाज पुर्‍याउन सकेको भन्दै पहाडमा गणतन्त्र नरहेको कुरा समेत दिल्लीलाई बुझाएर फर्केको राईले बताएका छन्।
‘जन आन्दोलन पार्‍टी जन्मेको केवल गोर्खाल्याण्डको निम्ति हो। हामी गोर्खाल्याण्ड नभएसम्म लडीरहनेछौँ’ नरेश राईले भने। उनले दिल्ली यात्रमा एकाधिक सांसदहरूलाई भेट गरेर गोर्खाल्याण्डबारे बुझाउन सकेको भन्दै दिल्लीमा आफुहरूले संवैधानिक मागलाई गणतान्त्रिक प्रक्रिया अनुसार अघि बडाएको भन्दै गणतान्त्रिक आन्दोलनलाई कसैले दबाउन नसक्ने पनि बताएका छन्। यद्यपी यता पहाडमा भने गणतन्त्र नरहेको भन्दै उनले सरकारलाई समर्थन गर्ने राजनैतिक दल बाहेक अन्य दलहरूलाई कार्यक्रम गर्न समेत नदिएको आरोप लगाएका छन्।
उनले दिल्ली धर्नामा देशको गृहमन्त्रीलाई छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति झट्टै त्रिपक्षीय वार्ता डाक्नुपर्ने माग गरेको पनि बताएका छन्। ‘चाँडो भन्दा चाँडो गोर्खाल्याण्डको निम्ति केन्द्र सरकारले त्रिपक्षीय वार्ता गर्नुपर्ने माग गरेका छौँ’ नरेश राईले भने। उनले दिल्लीमा जापले भेटेका सम्पूर्ण सांसदहरू गोर्खाल्याण्डको पक्षमा छ भन्दै 13 वटा देशको वृहत राजनैतिक दलहरूले पनि गोर्खाल्याण्डको मागलाई समर्थन रहेको दाबी गरेका छन्। 
‘गोर्खाल्याण्डको निम्ति भोट जितेर जाने सांसद चुप बसेका छन्। यसकारण आगमी 2019 मा सम्पन्न हुने लोकसभा चुनावमा हामीले हाम्रै भूमिपुत्रलाई सांसद चुनेर पठाउनुपर्छ’ नरेश राईले अझ भने – ‘दिल्लीमा हामीले गोर्खाल्याण्डको बाटो बनाइसकेका छौँ। अहिलेसम्म गएका राजनैतिक दलहरूले दिल्लीमा गोर्खाल्याण्डको निम्ति केही कार्य गरेको छैन। यसैकारण अब जनताले जन आन्दोलन पार्टीलाई साथ दिनुपर्छ।’

No comments:

Post a Comment

Post Bottom Ad