युनाइटेड ब्रदर्सलाई 2-0 ले पराजित गरेर आर्मी रेड सेमिफाइनलमा प्रवेश - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, August 11, 2018

युनाइटेड ब्रदर्सलाई 2-0 ले पराजित गरेर आर्मी रेड सेमिफाइनलमा प्रवेश

गफसफ.com, कालेबुङ 11 अगस्त।
युनाइटेड ब्रदर्सलाई पराजित गरेर आर्मी रेड सेमिफाइनलमा प्रवेश गरेको छ। कालेबुङ जिल्ला स्पोर्ट्स एसोसिएसनको आयोजना सम्पन्न भइरहेको स्वतन्त्रता दिवस फुटबल खेलाको आज अन्तिम क्वाटर फाइनलमा आर्मी रेडले युनाइटेड ब्रदर्सलाई 2-0 ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो। 

यहाँको मेला ग्राउण्डमा सम्पन्न भइरहेको फुटबल खेलाको अन्तिम क्वाटर फाइनलमा युनाइटेड ब्रदर्स अनि आर्मी रेड माझको खेला रोमाञ्चक रहेको थियो। खेलको सुरु देखिनै दुवै दलका खेलाडीहरूले आक्रमक रणनीतिको साथमा खेल खेलेका थिए। खेलको पहिलो हाफमा एक गोलको पछि परेको युनाइटेड ब्रदर्सले बराबरी गर्ने सुनौले मौकाहरू गुमाएका थिए। खेलको दोस्रो हाफमा उनीहरूले आर्मी रेड विरुद्ध सक्दो गोल गर्ने प्रयास गरेपनि गोल गर्न भने सकेनन्।  

आक्रमक खेल खेलेर गोल गर्ने प्रयासहरूकै बिच यता आर्मी रेडको पक्षबाट दोस्रो हाफमा पुन: दोस्रो गोल भएपछि उनीहरूको हार निश्चित भएको थियो। यद्यपी खेलमा फर्कने उनीहरूले सक्दो प्रयास भने गरेका थिए। खेलको निर्धारित समयसम्म युनाइटेड ब्रदर्सले  कुनै गोल गर्न नसकेपछि आर्मी रेड विरुद्ध 2-0 ले पराजित बन्न परेको हो। 
यता सेमिफाइनलमा प्रवेश गरेको आर्मी रेडको भीडन्त आगमी 13 अगस्तका दिन कञ्चनज ङ्घा फुटबल क्बल सिलगडीसँग हुने भएको छ। खेलको प्रथम सेमिफाइनल भने भोलि सेर फुटबल क्लब कालेबुङ अनि रोयल फुटबल क्लब सिलगडी माझ हुने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad