सेर्पा दम्पतीको हत्यारा पक्राउको मागसँगै पेदोङमा क्याण्डल जुलुस - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 19, 2018

सेर्पा दम्पतीको हत्यारा पक्राउको मागसँगै पेदोङमा क्याण्डल जुलुस


गफसफ.com,कालेबुङ 19 अगस्त।
फुर्तेम्बा सेर्पा अनि कुसुम सेर्पाका हत्याराहरूलाई पक्राउ गर्नुपर्ने माग सँगै सेर्पा दम्पतीको आत्मा शान्तिको काम गर्दै पेदोङवासीले आज क्याण्डल जुलुस निकालेका छन्। यस अवसरमा पेदोङ निवासी विधायक श्रीमती सरिता राई सँगै पेदोङमा विभिन्न संघ संस्था, राजनैतिक दल लगायत व्यक्ति विशेषको उपस्थिति रहेको थियो। पुरानो हाटबजार परिसरबाट सुरु भएको उक्त क्याण्डल जुलुस पेदोङ बजार स्थित हस्पिटल डाँडामा पुगेर समापन भएको थियो।
क्याण्डल जुलुसमा सहभागी बनेकी विधायक सरिता राई अनि अन्य 
यसैक्रममा पेदोङवासीलाई भोलि दिउँसो सेर्पा दम्पतीको हत्यारालाई पक्राउको माग गर्दै मौन जुलुसमा सहभागी बनिदिने क्याण्डल जुलुसमा नै आह्वान गरिएको छ। भोलि दिउँसो सेर्पा दम्पतीका हत्यारालाई चाँडो पक्राउको मागसँगै क्षेत्रबासीको पक्षमा एकसाथ सबैले पुलिस थानामा ज्ञापन समेत बुझाउन भएको कारण उक्त मौन जुलुसमा सबैलाई सहभागी बनिदिने आह्वान गरिएको छ।

1 comment:

Post Bottom Ad