6 माईल पुलिस आउटपोस्ट बिस्फोट; सीआईडीले पक्राउ गरे 5 जनालाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, August 31, 2018

6 माईल पुलिस आउटपोस्ट बिस्फोट; सीआईडीले पक्राउ गरे 5 जनालाई

गफसफ.com, दार्जीलिङ 31 अगस्त।
गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा 6 माईल पुलिस पोस्टमा बिस्फोट गरिएको घट्नाको आरोपमा सीआईडीले 5 जना युवाहरूलाई पक्राऊ गरेको छ। पक्राऊ परेकाहरू विरुद्ध सीआईडीले युएपीए कानुन अन्तर्गत मुद्दा दर्ता गरेर चिफ जुडिसियल म्याजिस्ट्रेट कोर्टमा पेश गरी 14 दिनको रिमाण्डमा लिएको छ।
प्रतिकात्मक फोटो 
विशेष गरेर गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा 2 सितम्बर 2017 का दिन रङ्गली-रङ्गली थाना अन्तर्गत 6 माईल पुलिस पोस्टमा बिस्फोट भएको थियो। उक्त बिस्फोटको चपेटमा कसैक ज्यान नगए पनि मानिसहरूमा आतङ्क सिर्जना गर्नुनै बिस्फोट गरिएको पुलिसले अनुमान गरेर जाँच कार्य पुलिसले सीआईडीको हातमा सुम्पिएको थियो।
पक्रा पर्नेहरू 
बिस्फोटको जाँच गरिरहेको सीआईडीले जोन राई (37),  अस्बिन गुरुङ (48), नवराज ठकुरी (36), अरुण कामी (43) अनि देवराज देवान (41) लाई पक्राऊ गरेको छ।
उक्त बिस्फोटको घट्ना भुमिगत नेता विमल गुरुङ, प्रकाश गुरुङ, प्रवीण सुब्बा, समिर सुब्बा अनि अस्बिन गुरुङको संलग्नतामा भएको अमुमान गरेको छ भने उनीहरू सबै अहिले भुमिगत रहेका छन्। ‘घट्नामा संलग्न रहेका अन्य आरोपीहरूको पत्तो लगाउन अनि बिस्फोटक पदार्थहरूको उद्धार गर्नका निम्ति सीआईडीले 14 दिनको रिमाण्ड मागेको थियो। सीआईडीले मागेको रिमाण्डलाई चिफ जुडिसियल म्याजिस्ट्रेटले स्वीकृत गरेको छ भने उनीहरूलाई आगमी 12 सितम्बरका दिन पुन न्यायालयमा पेश गरिनेछ’ एसिस्टेन्ट पब्लिक प्रोसेक्युटर पङ्कज प्रसादले भने।
सीआईडीले उक्त बिस्फोटको घट्नासँगै दार्जीलिङ मोटर स्ट्याण्ड, लोदोमा, सुकिया पोखरी आदि स्थानहरूमा पनि आईईडी बिस्फोट गरिएको दाबी गरेको छ। पक्रा परेका 5 जनालाई सोधपुछको क्रममा विभिन्न ठाउँहरूमा बिस्फोटक सामाग्रीहरू उनीहरूले लुकाएर राखेको थाह लागेको सीआईडीले दाबी गरेको छ। यसका साथै सीआईडी स्रोतले दाबी गर्दै विशेष गरेर गोजमुमोको सशस्त्र दलले बिजनबारीमा अवस्थित एनटीपीसी हाइडल प्रोजेक्टबाट 325 किलोग्राम बिस्फोटक समाग्री लुटेर लागेका थिए। जुन बिस्फोटक सामाग्री पातलेबासाअ विमल गुरुङलाई सुम्पिएको पनि उनीहरूले बताएका छन्। उक्त घट्नाक्रमहरूलाई सीआईडीले पत्तो लगाउन पक्रा परेका 5 जनाहरूलाई केर कार गरेर पत्तो लगाउने प्रयास गर्ने भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad