गोर्खाल्याण्डको मागमा पोस्टर टाँस्दै गोरामुमो - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 7, 2018

गोर्खाल्याण्डको मागमा पोस्टर टाँस्दै गोरामुमो

गफसफ.com, दार्जीलिङ 7 जुलाई।

छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले कालेबुङ शहरमा पोस्टरिङ गरेको छ। कालेबुङ शहरको विभिन्न स्थानहरूमा पोस्टर टाँस्दै उनीहरूले सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नुपर्ने अनि त्यतिञ्जेलसम्म छैटौँ अनुसूची लागु गर्नुपर्ने माग पनि गरेको छ।


‘केन्द्र सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड भारतीय संविधान अन्तर्गत गठन गर्नुपर्छ’ गोरामुमोले पोस्टरमा अझ लेखेको छ –‘केन्द्र सरकारले यदि गुर्खाल्याण्ड दिन सक्दैन भने तत्कालै दार्जीलिङ, कालेबुङ अनि सिलगडीको 18 मौजाभित्र छैटौँ अनुसूची लागु गर्नुपर्छ।’

गोरामुमो कार्यकर्ताहरूले डम्बर चोकमा गरेको उक्त पोष्टरहरूमा आफ्नो हक अनि अधिकारको निम्ति एक हुने आह्वान पनि गरेको छ। ‘हामी सम्पूर्ण गोर्खाहरूलाई आफ्नो महत्वपूर्ण मुद्दाको निम्ति एकबद्ध हुने आह्वान गर्छौँ’ गोरामुमोले पोस्टरमा स्पष्ट लेखेको छ। पोष्टरीङपछि पार्टीको पक्षमा कार्यकर्ता माइकल कालिकोटेले पोष्टरीङ गर्नुको कारणबारे अवगत गराउँदै गोरामुमो छुट्टै राज्यको पक्षमा रहेको भए तापनि केन्द्रले अहिलेबाटै छुट्टै राज्य दिन सक्दैन भने छैटौं अनुसूची दिए असल हुने अनि यसले पहाडमा शान्ति कायम राख्न ठूलो भूमिका निर्वाह गर्ने बताएका छन्।

‘गोरामुमो छुट्टै राज्यको पक्षमा छ अनि हामी केन्द्रलाई छुट्टै राज्य दिने माग गर्छौँ। यदि अहिले केन्द्र दिने पक्षमा छैन भने छैटौँ अनुसूची लाग्नु गर्नुपर्छ। किनभने यसले पहाडमा शान्ति स्थापना गर्नेछ’ माइकल कालिकोट्ले भने। यसक्रममा उनले गोवालाई पूर्ण राज्यको मान्यता दिन अघि जनमत लिने कार्य गरेझैँ गोर्खाल्याण्ड गठनको निम्ति पनि सरकारले गोर्खाहरूको जनमत लिनुपर्ने माग पनि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad