जनसभा सफलताको निम्ति विनय तामाङले दिए धन्यवाद; भने -'भावनात्मक राजनीतिको कुइरो हटाउँ अनि बौद्धिक राजनीति गरौं' - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 12, 2018

जनसभा सफलताको निम्ति विनय तामाङले दिए धन्यवाद; भने -'भावनात्मक राजनीतिको कुइरो हटाउँ अनि बौद्धिक राजनीति गरौं'

गफसफ.com, दार्जीलिङ १२ जुलाई। 

गोर्खा जनमुक्ती मोर्चा अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर खर्साङ, कालेबुङ अनि बिजनबारीमा सम्पन्न जनसभा सफल भएको दाबीसँगै जनतालाई धन्यवाद दिएका छन्। 

'गोर्खा जनमुक्ति मोर्चाद्वारा खरसाङ, कालेबुङ अनि बिजनबारी (दार्जीलिङ)-मा आयोजित तीनवटै जनसभाहरू भव्यरूपमा सफल बनेको छ। तीनवटै जनसभाहरूमा जुन प्रकारले हजारौंको संख्यामा पहाड़का सचेत नागरिकहरूले सहभागिता दिएर गोर्खा जनमुक्ति मोर्चाको नयाँ सोच अनि नयाँ दिशालाई समर्थन अनि भरोषा प्रदान गरे यसले गोर्खा जनमुक्ति मोर्चाका सबै प्रतिनिधिहरूमा नयाँ जोश अनि उर्जा प्राप्त भएको छ' जारी विज्ञप्तिमा दाबी गरिएको छ। 

'हाम्रो अभियानमा मनोबल अनि साथ प्रदान गर्ने सम्पूर्ण सचेत जनताप्रति पार्टीको तर्फबाट हार्दिक आभार अनि धन्यबाद प्रकट गर्न चाहन्छौं। तपाईहरूले हामीमाथि लगाउनुभएको विश्वासको ऋण अब हामी विकसित एवं व्यवस्थित पहाड़ बनाएर चुक्ता गर्नेछौं। यो सम्पूर्ण जनताप्रति गोर्खा जनमुक्ति मोर्चाको सङ्कल्प हो' मोर्चा अध्यक्ष विनय तामाङले विज्ञप्तिमा अझ भनेका छन्।

यसक्रममा तामाङले अब नयाँ जोश, नयाँ उर्जा अनि नयाँ सपना बोकेर पहाड़को भविष्य निर्माण गर्ने दिशामा लागिपर्ने कुरा पनि दोहोराएका छन् । उनले विज्ञप्तिमा मिशन 2020 को कुरा उल्लेख गर्दै पहाड़वासीलाई शान्त, भयमुक्त अनि नयाँ व्यवस्थित पहाड़ सुम्पिने दिशामा हामी अब परिश्रम गर्नेछौं भनि बताएका छन् । 

'दार्जीलिङ पहाड़को भावनात्मक राजनीतिको कुइँरो हटाएर बौद्धिक अनि व्यावहारिक राजनीतिको संस्कार निर्माण गर्नुछ। अब यहाँका बेरोजगार युवाहरूलाई आश्वासन होइन रोजगारका अवसरहरू प्रदान गर्नुछ' तामाङले अझ भनेका छन् - 'विद्यार्थीहरूलाई नारा- जुलुस अनि हड़तालमा खटाउनु होइन तर आइएस, आइपीएस अधिकारीहरू बन्ने दिशामा प्रेरित गर्नुछ।' 

उनले जनतालाई धन्यवाअ दिने क्रममा पहाडलाई बिकासको मार्गमा अग्रसरगराउने कुरालाई पुन: दोहोराएका छन्। 'उध्यमीहरूको निम्ति उद्योग धन्धा स्थापित गर्नुछ, चियाबगान-सिन्कोना बगानको व्यवस्थापन गर्नुछ। शैक्षिक, आर्थिक, सामाजिक, राजनैतिक हरेक क्षेत्रहरूमा सुधार ल्याउनुछ। विगतको राजनीतिले भत्काएर छोड़ेको दार्जीलिङ पहाड़को हरेक क्षेत्रलाई मरम्मति गर्दै लानुछ' तामाङले विज्ञप्तिमा भनेका छन्। 

उनले यसपल्ट समाजिक सन्जालहरूमा नकारात्मक टिप्पणी गर्नेहरूलाई पनि सुझाव दिएका छन्। उनले भावानात्मक बनेर टिप्पणी गर्नुको साटो बौद्धिक विचारधारालाई अघि सारेर पहाडको हितमा टिप्पणी गर्ने अपिल गरेका छन्।'हामी मिशन 2020 मार्फत सर्वप्रथम पहाड़लाई सबल, सुन्दर अनि स्वनिर्भर बनाउने दिशामा लागिरहेका छौं' तामाङले भनेका छन्। 

'पूर्व अभ्यास अनि तयारीबिनै एकैचोटि हिमाल चड़्छु भन्ने असम्भव अनि मूर्खतापूर्ण अड़ानमा पसीना र समय खर्च गर्नुभन्दा सम्भव रहेका विषयहरूमाथि पसीना र समय खर्चिनु पहाड़वासीको निम्ति हित अनि न्यायसंगत कुरा ह' विनय तामाङले अझ भनेका छन्-'यही बौद्धिक रणनीति पनि हो'। 
उनले विज्ञप्तिमा राज्यव्सरकारसँग मिलेर समाधान गर्न सकिने कुराहरूलाई आफ्नो पक्षबाट समाधान गर्ने पनि बताएका छन्। 'बेरोजगार युवाहरूलाई रोजगारका अवसरहरू प्रदान, विद्यार्थीहरूलाई आइएस, आइपीएस, डाक्टर, इञ्जीनियर बनाउने शैक्षिक संस्थानहरूको स्थापना, उध्यमीहरूको निम्ति विभिन्न उद्योग धन्धा, चियाबगान-सिन्कोना बगानको व्यवस्थापन, पर्जापट्टाजस्ता महत्त्वपूर्ण मुद्दाहरू छन् जो राज्य सरकारसित प्रशासनिक मेल राखेर हासिल गर्न सकिन्छ' तामाङले अझ भनेका छन् - 'कमसेकम 10-15 वर्षभित्रमा हाम्रा युवा पीढ़िलाई हरेकक्षेत्रमा अग्रसर गराएर हरेकक्षेत्रमा राष्ट्रियस्तरमा प्रतिनिधित्व गराउने हाम्रो लक्ष्य रहेको छ। यसो गर्न सकिएको खण्डमा हाम्रो क्षमताले नभ्याएको हाम्रो सपना सक्षम हाम्रा भावी सन्तानले पूर्ण गर्नेछन्।'

No comments:

Post a Comment

Post Bottom Ad