खानी खोलामा पैह्रो जाँदा मानिसहरू समस्यामा; गाउँलेहरूले भने – ‘स्थायी समाधान हुनपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 5, 2018

खानी खोलामा पैह्रो जाँदा मानिसहरू समस्यामा; गाउँलेहरूले भने – ‘स्थायी समाधान हुनपर्छ’


गफसफ.com, कालेबुङ 5 जुन।

कालेबुङबाट सुरुक-समथार, निम्बोङ पाब्रिङटार, चारखोल, पेम्लिङ, बरबोट आदि स्थानहरू जोड्ने सडक पाबोङ खानी खोला नजिक पैह्रो जाँदा यातायात बाधित बनेको छ। रातभरी परेको अविरल बर्षाको कारण माथीबाट झरेको पैह्रोले उक्त बाटो बन्द भएको हो। जसको कारण आज दैनिक बिहान कालेबुङ शहर आउने वाहनहरू धेरैबेरसम्म जाममा परेको थियो। बारम्बार पैह्रोको कारण बाधित हुने उक्त बाटोको समस्यालाई विभागले उचित पदक्षेप ग्रहण गर्दै स्थायी समाधान गर्नुपर्ने माग गरेका छन्।

रातभरी परेको अविरल बर्षाले माथिबाट पैह्रोले सोह्रिएर आएपछि सडकमा ढुङ्गा, बालुवा, माटो आदिको थाक लागेको थियो। जसको कारण कालेबुङ शहर आउने पाबोङ, समलबोङ, सिञ्जी, तन्याङ, चारखोल, निम्बोङ, पेम्लिङ, घण्टीडाँडा, समथार, सुरूक आदि विभिन्न क्षेत्रका वाहनहरू पैह्रोमा लाम लागेको थियो।

पैह्रोको कारण ग्रामीण क्षेत्रबाट कालेबुङ शहरमा आउने वाहनहरू जाममा परेको जानकारी पाएपछि जीटीएको पक्षबाट सहअभियन्ता दीपक थापा स्वयं पनि पैह्रो गएको स्थलमा पुगेका रूदेन लेप्चाले तत्कालै एस्काभेटर पठाएर पैह्रो सोहर्ने कार्य गरेको थियो। स्काभेटरले पैह्रो सोहरेपछि आखिरमा 2 घण्टापछि सडक यातायात सुचारू बनेको थियो।

उक्त बाटो भएर यातायात गर्ने ग्रामीण क्षेत्रका मानिसहरूको निम्ति गाडे घाउ नै बनेको उक्त पैह्रोले वर्षेनी मानिसहरूलाई सताउँदै आइरहेको छ। जसको कारण पैह्रोले बारम्बार यातायात बाधित बन्ने गरेको छ। यसक्रममा उक्त क्षेत्रमा आगमी दिनमा पैह्रो गएर यातायात बाधित बन्ने सम्भावना भएको कारण भर्खाभरी पाबोङमा नै एस्काभेटर राखेर सफाई गरेर यातायात सुचारू बनाउने तय गरेको सहअभियन्ता दीपक थापाले बताएका छन्।

अर्कोतिर क्षेत्रवासीले उक्त स्थानहरूमा बारम्बार पैह्रोको कारण यातायात बाधित बन्ने समस्याको स्थायी समाधानको निम्ति ठोस पहल गरिदिने विभागप्रति आह्वान पनि गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad