केन्द्र सरकारप्रति गोजमुमो (विमल पन्थि) युवाहरू रूष्ठ; सञ्जिव लामाले भने –‘केन्द्र सरकारले आफ्नो अडान स्पष्ट पारोस्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 5, 2018

केन्द्र सरकारप्रति गोजमुमो (विमल पन्थि) युवाहरू रूष्ठ; सञ्जिव लामाले भने –‘केन्द्र सरकारले आफ्नो अडान स्पष्ट पारोस्’


गफसफ.com, दार्जीलिङ 5 जुलाई।

त्रिपक्षीय वार्ताको आश्वासन दिएर 105 दिने बन्द स्थगित गर्न लगाउने केन्द्र सरकारले बोडोल्याण्ड माग्नेहरूसँग वार्ता गर्दा गोर्खाल्याण्डलाई बिर्सेपछि गोजमुमोका भूमिगत युवाहरू रूष्ट बनेका छन्। केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले बोडोल्याण्ड माग्नेहरूसँग दिल्लीमा त्रिपक्षीय वार्ता गरेपछि गोजमुमोका भूमिगत युवा नेता सञ्जिव लामाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेर केन्द्र सरकारप्रति अडान स्पष्ट पार्नु पर्ने माग गरेका छन्।

विमल गुरुङ पन्थीका युवा नेता सञ्जिव लामाले आफुहरू गोर्खाल्याण्डदेखि एक इञ्च पनि पछि नहट्ने भन्दै केन्द्रले न्याय दिन सक्दैन भने गोलि ठोकेर मारोस् समेत भनेका छन्। भूमिगत अवस्थामा रहेका विमलपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समिति महासचिव लामाले गोर्खाल्याण्डको विरोध गरेर मुख्यमन्त्री ममता व्यानर्जीले पश्चिम बंगालमा आफ्नो राजनैतिक धर्म निर्वाह गरिरहेको भएतापनि केन्द्र सरकारले भने गोर्खाहरूलाई दिएको वचन अहिलेसम्म ननिभाएको आरोप लगाएका छन्।

‘105 दिनको आन्दोलनको अवधीमा माननीय गृहमन्त्री राजनाथ सिंहले बन्द फिर्ता गर्नुपर्ने, गोर्खाल्याण्डको विषयमा झट्टै त्रिपक्षीय वार्ताको ढोका खुल्ला गर्ने लिखित आश्वासन दिएका थिए। त्यसपछि आन्दोलन स्थगित गरेका थियौँ। तर दुर्भाग्य अहिलेसम्म केन्द्र न त केन्द्र त्रिपक्षीय वार्ताको निम्ति पहल गर्‍यो नत पहाडमा बङ्गलले पहाडमा चालिरहेको अन्याय र अत्याचारको विरोधमा कुनै पाइला नै चाल्यो’ सञ्जिव लामाले भनेका छन्। यसक्रममा उनले गोर्खाल्याण्डको विरोध गरेर मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो राजनैतिक धर्न निभाए पनि केन्द्रको भाजपा सरकारले भने गोर्खाहरूलाई न्याय नदिएको आरोप लगाएका छन्।

‘राज्यको ममता सरकारले आफ्नो राजनैतिक धर्म निभाउँदैछ। ममता ब्यानर्जीले गोर्खाल्याण्डको विरोध गर्छ त्यो उसको राजनैतिक धर्म हो’ सञ्जिव लामाले अझ भनेका छन्- ‘केन्द्रको भाजपा सरकारलाई 2009 देखि सहयोग गरेका हौँ, दुईचोटी एमपी पठाएका हौँ। सम्पूर्ण गोर्खाहरूले भारतीय जनता पार्टीले न्याय दिनेछ भन्ने सोंचेको हो। तर, भाजपाले पनि हामीलाई धोका दिँदैछ। गद्दार गर्दैछ।’

उनले आफ्नो भिडियो सन्देशमा त्रिपक्षीय वार्ताको निम्ति बोडोल्याण्डवासीलाई बधाई समेत दिएका छन् भने गोर्खाल्यण्ड बिर्सने केन्द्रप्रति उत्तिकै रूष्ट पनि बनेका छन्। ‘केन्द्र सरकारले ऐलेसम्म हाम्रो लागि के गर्‍यो? कैले बोलेको छ? यदि केन्द्र सरकारले पनि हामी भारतका दुई नम्बर नागरिक ठान्छ भने आफ्नो अडान स्पष्ट पारेर तिमीहरू भारतीय नागरिक होइन भनोस्। आफ्नो अडान स्पष्ट पारोस। हामी दुईमुखे नीति सहँदैनौ। सरकारले बराबर न्याय दिनुपर्छ’ सञ्जिव लामाले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad