सिलिन्डरबाट घरमा आगलागी; गाउँलेहरूको सहयोगमा तत्कालै निभाइयो - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 5, 2018

सिलिन्डरबाट घरमा आगलागी; गाउँलेहरूको सहयोगमा तत्कालै निभाइयो

गफसफ.com, कालेबुङ 5 जुन।

आज अचानक सिलिन्डरबाट एक घरमा आगलागी भएको छ। घट्ना कालेबुङ नगरपालिकाको वार्ड नम्बर 6 अधिनस्थ गुम्बाहट्टा शान्तिनगर क्षेत्रको हो। शान्ति नगरका बासिन्दा पुष्प शर्माको घरमा विहान अचान आगलागी भएको हो। भाग्यवस गाउँलेहरूको तत्काल सहयोग अनि अग्निसमन विभागको तत्परतामा आगोलाई नियन्त्रणमा ल्याउन सक्दा सम्पूर्ण घर नष्ट हुनबाट बाँचेको छ।

आज बिहान पुष्प शर्माको भान्साघरमा अचानक आगो लागेको हो। उनी घरभित्र पूजा गरिरहेको समयमा अचानक भान्साघरमा केही बिस्फोट भएको आवाज आएको थियो। त्यसपछि उनी आत्तिएर भान्साघर पुग्दा सिलिण्डरबाट आगो लागिरहेको थियो। आगो लागेको देखेपछि उनले चिच्चाउँदै गुहार मागेकी थिइन्।

घट्नाको हल्ला मच्चिएपछि तत्कालै गाउँलेहरूलाई पनि आगो निभाउन आएका थिए भने अग्निसमन विभागलाई पनि तत्कालै सूचित गरिएको थियो। स्थानीय गाउँलेहरू तत्कालै आएर आगो निभाउने कार्य गरिरहेकै समयमा अग्निसमन विभागका कर्मीहरू पनि दमकल लिएर आएका थिए। त्यसपछि सबैले एकैसाथमा आगो निभाएपछि सम्पूर्ण घर नष्ट हुनबाट जोगिएको हो। ‘ठूलो घरभित्र पूजा गरिरहेको थिएँ। त्यसैबेला भान्साघरमा ठूलो आवाज आयो। आत्तिएर पुग्दा आगो लागिरहेको थियो’ घर मालिक पुष्प शर्माले भनिन्।

No comments:

Post a Comment

Post Bottom Ad