संवाद कालेबुङ समाचार च्यानलको चौथो स्थपना दिवस पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 28, 2018

संवाद कालेबुङ समाचार च्यानलको चौथो स्थपना दिवस पालन

गफसफ.com, कालेबुङ, 28 जुलाई
संवाद कालेबुङ समाचार च्यानलले चौथो स्थपना दिवस पालन गरेको छ। कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयको प्रेक्षा गृहमा एक कार्यक्रमविच पालन गरिएको चौथो स्थापना दिवस कार्यक्रममा मुख्य अतिथिका रूपमा कालेबुङ महाविद्यालयका प्राचार्य डा. आर.पी ढकाल उपस्थित रहेका थिए। यसक्रममा कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, समाजिक कार्यकर्ता, शिक्षकगण लगायत लेखक पत्रकारहरू उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ठ अतिथिवर्गका रूपमा अमर लामा, प्रताप खाती, प्रचार्य आरबी भूजेल, जिटिए सदस्य सञ्चवीर सुब्बा, भुवन खनाल, तारा सुन्दास, सामाजिक कार्यकर्ता सिस्टर सुवेष्णा थापा आदि उपस्थित रहेका थिए।
कार्यक्रममा विद्यार्थीवर्ग माझ कालेबुङका जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको थियो जसमा मोठ 9 वटा विद्यालयका विधार्थीहरूले भाग लिएका थिए। उक्त निबन्ध लेखन प्रतियोगितामा जुबली उच्चत्तर माध्यमिक विद्यालयका छात्र अमिर सेवा प्रथम, गणेश माध्यमिक विद्यालयका छात्रा दिपिका रेग्मी दोस्रो अनि प्रणामी बालिका विद्या मन्दिरका छात्रा वर्षणा छेत्री तेस्रो बनेकी थिइन्। उनीहरूलाई हेमचन्द्र सुब्बाद्वारा प्रायोजित स्व. सुष्मा सुब्बा स्मारक पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रमा सामाजिक कार्य गरिरहेका व्यक्तिहरूलाई पनि सम्मान जनाउने कार्य भएको थियो। यसक्रममा कालेबुङका युवा गायक प्रणेश राई, मिस कालेबुङ अनिशा तामाङ, अजय सिंह, ओङमित लेप्चालाई सम्मान जनाइएको थियो। यसैअवरसमा संवाद कालेबुङका संस्थापक भुवन खनाल अनि राजा कुरैसीलाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा विविन्न संघ संस्थाका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad