सिभिक भोलेन्टियर पुलिसलाई 20 दिने प्रशिक्षण प्रदान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 28, 2018

सिभिक भोलेन्टियर पुलिसलाई 20 दिने प्रशिक्षण प्रदान

गफसफ.com, कालेबुङ 28 जुलाई।
कालेबुङ जिल्ला पुलिसको आयोजनामा सिभिक भोलेन्टियर पुलिसहरूलाई लिएर आयोजना गरेको 20 दिवसीय प्रशिक्षण शिविरको समापन भएको छ। यस अवसरमा जिल्लापाल डा. विश्वनाथ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा पुलिस अधिक्षक धुर्व ज्योती दे उपस्थित रहेका थिए। कार्यक्रममा कालेबुङ महकुमा अधिकारी एस.ए तुकाराम, डिपुटी म्याजिस्ट्रेट प्रितम लिम्बु लगायत अन्य अधिकारीवर्गको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
प्रशिक्षण प्राप्त गर्ने सिभिक भोलिण्टियरलाई प्रमाण पत्र दिंदै जिल्लापाल डा. विश्वनाथ 
गत 9 जुलाईका दिनदेखि आरम्भ भएको प्रशिक्षण शिविरमा विभिन्न प्रकारका प्रशिक्षण दिइने कार्य भएको थियो। विशेष गरेर उनीहरूलाई जनसम्पर्क अभियान, मानव तस्करी रोकथाम, आपतकालिन सेवा लगायत ट्राफिक सेवा सञ्चालन लगायत कानुनी विषयमा पनि प्रशिक्षण दिने कार्य सम्पन्न भएको थियो। यहाँको वर्सिप सेन्टरमा आयोजना भएको उक्त कार्यक्रममा प्रशिक्षण प्राप्त गर्ने 80 जना सिभिक भोलेन्टियर पुलिसहरूलाई मुख्य अतिथि अनि विशिष्ट अतिथिवर्गको बाहुलीबाट प्रमाण पत्र पनि वितरण गर्ने कार्य सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मुख्य अतिथिका रूपमा उपस्थित डा. विश्वनाथले प्रशिक्षण प्राप्त सिभिक भोलेन्टियर पुलिसहरूलाई शुभकामना व्यक्त गर्दै उनीहरूको जिम्मेवारीबारे अवगत गराएका थिए। प्रशिक्षण प्राप्त गरेपछि उनीहरू सरकारका एकजना कर्मचारी भएको कारण उनीहरूले आफ्नो जिम्मेवारीलाई सहीँ ढङ्गमा निभाउनुपर्ने बताए। उनले यस्ता प्रशिक्षणहरूले धेरै सैद्धान्तिक अनि व्यावाहारिक ज्ञान हासिल हुन सक्ने बताउँदै सिभिक पुलिसहरूले प्रशिक्षण लिएर यसरी ज्ञान हासिल गर्न सकेको विश्वास व्यक्त गरेका छन्। यसक्रममा यता जिल्ला पुलिस अधिक्षक धुर्व ज्योती देले भने सिभिक पुलिसवर्गलाई दिइएका प्रशिक्षणबारे जानकारी गराएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad