टिस्टा हाटघरमा सफाई अभियान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, July 18, 2018

टिस्टा हाटघरमा सफाई अभियान

गफसफ.com, कालेबुङ 18 जुलाई।
टिस्टा बजारमा नवनिर्मित हाटघर अनि पार्किङ स्थलको आज सफाई कार्य गरिएको छ। टिस्टा सार्वजनिक भवन, हाटघर पार्किङ संरक्षण सञ्चालन समितिद्वारा उक्त सफाई अभियान गरिएको हो। दिनदिनै मैलाको थाक बन्दै गएपछि आज समितिका सदस्यहरूले उक्त सफाई अभियान चलाएको हो।
समितिका महासचिव दिलिप प्रसादले दिएको जानकारी अनुसार धेरै समयदेखि मैलाहरूले थुप्रिएको कारण समितिका कार्यकर्ताहरूल अघि आएर सफाई अभियान चलाएको हो। सर्वप्रथम आज समितिका कार्यकर्ताहरूले पार्किंग स्थललाई सफाई गरेको थियो भने पछिबाट हाटघरलाई पनि सफाई गरेको हो। विशेष गरेर उक्त हाटघर अनि पार्किङ स्थलमा कुनै पनि विभागीय कर्मचारी नभएको कारँअ दिन दिनै मैलाको थुप्रो बड्दै गएको थियो। मैलाको थुप्रो बढेर क्षेत्रमा दुर्घन्ध हुन थालेपछि आखिरमा समितिका कार्यकर्ताहरू अघि आएर सफाई कार्य गरेको प्रसादले थप बताएका छन्। यस सन्दर्भमा विभागले उक्त हाटघर अनि पार्किङ स्थलमा सफाई कर्मचारीवर्गको नियुक्ति गर्नुपर्ने पनि समितिले माग गरेको छ।

No comments:

Post a Comment

Post Bottom Ad