फिफा वर्ल्ड कप २०१८: ओपनिङ म्याचमा आयोजक रूसले साउदी अरबियालाई दियो ५ गोल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 14, 2018

फिफा वर्ल्ड कप २०१८: ओपनिङ म्याचमा आयोजक रूसले साउदी अरबियालाई दियो ५ गोल

गफसफ.com, मस्को १४ जुन।

फिफा वर्ल्ड कप २०१८ आजदेखि आरम्भ भएको छ। ओपनिङ म्याच आयोजक रूस अनि साउदी अरेबिया माझ सम्पन्न भएको थियो। आयोजक रूसले पहिलो खेलमा नै साउदी अरेबियालाई ५-० ले पराजित गरेर राम्रो सुरुआत गरेको छ। 

रूसका मिडफिल्डर चेरीशेवले देशका निम्ति व्यक्तिगत दुई गोल, मिडफिल्डर गोलोविनले एक, फरवर्ड ज्युबाले एक अनि मिडफिल्डर गाजिन्सकीले एक गोल गरेका थिए। 

मिडफिल्डर ल्युरी गाजिन्सकीले फिफा विश्वकप २०१८ को पहिलो गोल गरेर आयोजक टोलिलाई साउदी अरेबिया विरुद्ध १-० को बडत दिलाए। गाजिन्सकीले लुजुनिकी स्टेडियममा आयोजित खेलमा १२ औं मिनटमा पहिलो गोल गरेका हुन्। त्यसपछी मिडफिल्डर चेरीसेवले ४३ औं मिनटमा दोस्रो गोल गरेका हुन्। 

पहिलो हाफमा २-० को बडत बनाउने आयोजक रूसले दोस्रो हाफमा थप ३ गोल लगाएको हो। मिडफिल्डर जयुबाले दोस्रो हाफको खेलको ७१ औं मिनटमा गोल गरेर टोलिलाई ३-० को बडत दिलाएका थिए। त्यसपछि मिडफिल्डर गोलोविनले ८८ औं मिनटमा चौथो गोल गरे भने अतिरिक्त समयमा एलेक्जेन्डर गोलोविनले पाँचौं गोल गरेका हुन्।

फुटबलको सबैभन्दा ठूलो खेल विश्वकपको २१औं संस्करण भरतीय समय अनुसार ८ बजे बेलुकी सम्पन्न भएको थियो। यश महासमरको उद्घाटन समारोहको प्रमुख आकर्षण ब्रिटेनका रक म्युजिक स्टार राबी विलियम्स रूसको एडा गरिफुलिनाको साथ प्रस्तुति दिन ओर्लिएका थिए। 

रॉबीले ‘लेट मी इन्टरटेन यू’ मा परफर्मेन्स दिएका थिए। दुवै गायकको प्रस्तुति समाप्त भएपछि मैचको आधिकारिक बल लिएर मोडल भिक्टोरिया लोपरेया आएकी थिइन। रूसका राष्ट्रपति भ्लादिमिर पुतिन फिफा प्रमुख जियानीइनफान्तिनोले खेलको सुरुआत भएको औपचारिक घोषणा गरेका थिए। 

No comments:

Post a Comment

Post Bottom Ad