कोइरी बन्दले मानिसहरू समस्यामा; सबै सडकमा ओर्लनुपर्ने माकपाको अपिल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 15, 2018

कोइरी बन्दले मानिसहरू समस्यामा; सबै सडकमा ओर्लनुपर्ने माकपाको अपिल


गफसफ.com, कालेबुङ 15 जुन।

पहाडमा अहिलेघरी कोइरी बन्द भएको कारण धेरै मानिसहरूले समस्या भोग्न परिरहेको माकपा नेता तारा सुन्दासले बताएका छन्। कोइरी बन्दको कारण कोइरीमा दैनिक मजदुरी गरेर जीविकाउपार्जन गर्ने मानिसहरूले धेरै समस्या भोग परिरहेको भन्दै प्रशासनले बिनाकाण कोइरी बन्द गर्नु न्यायसंगत नरहेको पनि उनको भनाई रहेको छ।  

उनले उक्त कार्यको बिरोधमा पहाडका सम्पूर्ण राजनैतिक दल अनि जनताले आवाज उठाउनुपर्ने आह्वान सँगै जनताको हितमा मुख्यमन्त्री ममता ब्यानर्जीले हस्तक्षेप गर्नुपर्ने माग पनि गरेका छन्।

‘प्रशासनको हैकमबादले मानिसहरू उकुस-मुकुस अवस्थामा छन्। यस्तो हैकमवाद झट्टै बन्द गर्नुपर्छ’ माकपा नेता तारा सुन्दासले भने। उनले विगत 4 महिनादेखि खोलाबाट ढुंगा, बालुवा निकाल्न बन्द भएको भन्दै अहिले ओदलाबाडी आदि स्थनाबाट ल्याइएका सामाग्रीहरू मूल्यवृद्धिले जनता मर्कामा परेको उनको भनाई रहेको छ। यसभन्दा अघि सन् 1998 मा पनि यसरी नै खोलाबाट ढुंगा, गिटी, बालुवा निकाल्न प्रशासनले बन्द गरेको भन्दै त्यस विरुद्धमा पनि माकपाले आन्दोलन गरेर जनतालाई न्याय दिलाएको सुन्दासले दाबी गरेका छन्। 

सन् 1998 मा प्रशासनले यसरी कोइरी बन्द गर्दा माकपाले आन्दोलन गरेपछि भारत सरकारको पर्यावरण मन्त्रालयले एउटा आदेश जारी गरेर खोलाबाट गिटी, बालुवा अनि ढुंगा निकाल्ने आदेशनामा नै जारी गरेको सुन्दासले दाबी गर्दै उक्त आदेश पत्रको प्रतिलिपी नै सार्वजनिक गरे। त्यसबेला जिल्ला भूमी एवम् भूमीसुधारका अधिकारी वर्तमान पछओटे कल्यान विभागका मुख्य सचिव एस.के ठाडे रहेको बताउँदै पश्चिम बङ्गाल सरकारको कानुनको अनुच्छेद 24अन्तर्गत रहेको माइन्स एण्ड मिनेरल कानुनको 73 औँ अनुक्रम अनुसार पहाडका खोलाहरूबाट ढुंगा, बालुवा, गिटी निकाल्न सकिने प्रवाधान रहेको कुरा सार्वजनिक गरेको पनि सुन्दासले बताएका छन्। तथापी अहिलेघरी भने पहाडका खोलाहरूबाट यसरी गिटी, बालुवा निकाल्ने कार्य बन्द गरेको दाबी गर्दै प्रशासनले 3 जना चालकहरूलाई पक्राउ समेत गरेको बताएका छन्। भारत सरकारको आदेश हुँदा हुँदै यसरी खोलाबाट गिटी बालुवा निकाल्ने मानिसहरूलाई पक्राउ गर्नु न्यायसंगत नरहेको भन्दै उनले यसको विरुद्धमा सम्पूर्ण राजनैतिक दलसँगै जनता सडकमा ओर्लिनपर्ने आह्वान गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad