तृणमूल छात्र परिषद बलियो बनाउने तर्खरमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 28, 2018

तृणमूल छात्र परिषद बलियो बनाउने तर्खरमा


गफसफ.com, कालेबुङ 28 जुन।

हिल तृणमूल कङ्ग्रेसले छात्र सङ्गठनलाई पहाडमा दह्रिलो बनाउने कार्य आरम्भ गरेको छ। पहाडका विभिन्न महाविद्यालयहरूमा नै तृणमूल कङ्ग्रेसको छात्र परिषदलाई दह्रिलो पार्न उनीहरूको योजना रहेको छ। यसैक्रममा केहि समय अघि कालेबुङमा गठन गरिएको छात्र सङ्गठनको संयोजकले आफ्नो रिपोर्ट तृणमूल युवा कङ्ग्रेस अध्यक्ष प्रणय थुलुङलाई सम्पिएको छ।


यहाँको श्यामादेवी भवनमा आयोजित एक सभामा उक्त रिपोर्ट सुम्पिने कार्य भएको छ। यस अवसरमा कालेबुङका विभिन्न महाविद्यालयका विद्यार्थीवर्ग तृणमूल छात्र परिषदमा सामेल भएका छन्। उनीहरूले पार्टीका नेता प्रणय थुलुङ, छेवाङ भोटिया आदिको बाहुलिबाट झण्डा प्रदान गरिएको थियो।

तृणमूल छात्र परिषदमा अहिलेघरी महाविद्यालका विद्यार्थीवर्ग सामेल भइरहेको सन्दर्भमा तृणमूल युवा कङ्ग्रेस अध्यक्ष प्रणय थुलुङले जानकारी दिँदै आगमी दिन खण्ड स्तरमा पनि छात्र परिषदलाई बलियो बनाउने कार्य गर्ने बतएका छन्। कालेबुङ जिल्लाको तीनवटै खण्डहरूमा आगमी दिनमा छात्र परिषदको कार्यकर्ताहरूलाई लिएर एउटा जिल्ला कमिटि बनाउने पनि प्रणय थुलुङले जानकारी दिएका छन्। अर्कोतर्फ उनले सभामा कालेबुङ नगरपालिका क्षेत्रमा तृणमूल नारी सङ्गठनलाई बलियो बनाउनका निम्ति कार्य गरिरहेको बताउँदै आगमी दिनमा नगरपालिका क्षेत्रको सम्पूर्ण वार्डहरूमा पनि वार्ड कमिटि बनाउने जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad