गफसफ.com, कालेबुङ
28 जुन।
रन विथ रोश्नी फाउन्डेसनको आयोजनामा आगमी 16 अगस्तका दिन 10 किलोमिटर अनि 5
किलोमिटरको म्याराथन दौड सम्पन्न हुने भएको छ। विशेष गरेर 21 किलोमिटर म्याराथन
दौडको निम्ति 18 वर्ष पुगेको हुनपर्ने भएको कारण 18 वर्ष नपुगेकाहरूलाई प्रोत्साहन
प्रदान गर्नकै निम्ति उक्त म्याराथन दौड आयोजना गरिने भएको रन विथ रोश्नी
फाउण्डेसनकी रोश्नी राईले बताएकी छन्।
![]() |
ROSHNI RAI |
उनले उक्त म्याराथन दौडको निम्ति पञ्जिकरण
कार्य आरम्भ भएको बताउँदै इच्छुक मानिसहारूले उक्त म्याराथनको निम्ति पञ्जिकृत
गर्नुपर्ने आह्वान गरेकी छन्।
‘रन विथ रोश्नीले पहाडबाट मुम्बई म्याराथनमा अहिलेसम्म
यहाँका म्यारथन धावकहरूलाई लाने कार्य गरिरहेको छ। उक्त म्याराथनमा 18 वर्ष
पुगेकाहरूले मात्र भाग लिन सक्नेछन्। यसकारण आगमी दिनमा मुम्बई म्याराथनमा पहाडका
धावकहरूलाई पुर्याोउन अनि उनीहरूलाई तयारी गर्न 18 वर्ष नपुगेकाहरूलाई लिएर 10
किलोमिटर अनि 5 किलोमिटरको म्याराथन आयोजना गरेका हौँ’ रोश्नी राईले भनिन्। यसक्रममा उनले गोर्खा धावकहरूलाई
ओलम्पिकसम्म पुर्याटउने लक्ष्य राखेको बताउँदै यी सम्पूर्ण कार्यहरू प्रारम्भिक
चरणको हो भनि बताएकी छन्।
No comments:
Post a Comment