बनबासीको मुद्दालाई जापको समर्थन; अमर लामाले भने ‘बन अधिकार कानुन अनुसार पट्टा पाउनुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, June 13, 2018

बनबासीको मुद्दालाई जापको समर्थन; अमर लामाले भने ‘बन अधिकार कानुन अनुसार पट्टा पाउनुपर्छ’


गफसफ.com, कालेबुङ 13 जुन।

बनबासीहरूको मुद्दालाई जन आन्दोलन पार्टीले समर्थन जनाएको छ। जाप ब्युरो सदस्य अमर लामाले आज कालेबुङमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बनबासीहरूको मुद्दालाई समर्थनको घोषणा सँगै ‘बन अधिकार कानुन 2006 झट्टै लागु हुनपर्छ’ भनेका छन्। उनले अबउसो बनबासीहरूको कार्यक्रममा सरिक भएर उनीहरूको कानुनी अधिकार प्राप्तिको निम्ति जापले सँगै लड्ने घोषणा नै गरेको छ।

Amar Lama

‘झट्ट भन्दा झट्ट बनबासीले पाउनुपर्ने अधिकार पाउनुपर्छ। सम्पूर्ण 168 वटा बनबासीको मागलाई जन आन्दोलन पार्टी पूर्णरूपले समर्थन गर्दछ। आगमी दिनमा हामी यसबारे हुने सम्पूर्ण कार्यक्रमहरूमा जन आन्दोलन पार्टीले पनि सक्रियरूपले भाग लिनेछ’ अमर लामाले भने। यसक्रममा उनले गत 31 मईका दिन दिन जीटीए अनि राज्य सरकारले 11 जना बनबासीलाई वितरण गरेको पट्टा आँखामा धुलो हाल्ने कार्य हो भनि टिप्पणी गरेका छन्।

‘सन् 2006 मा पारित गरिएको बन अधिकार अनुरूप दार्जीलिङ-कालेबुङ क्षेत्रका रहेका 168 वटा बनबासीहरूले पट्टा पाउनुपर्नेछ। यसभन्दा अघि पश्चिम बङ्गाल सरकारले जलपाईगडी अनि अलिपुरद्वारका बनबासीहरूलाई सोही कानुन अनुसार पट्टा दिएको हो। यहाँ किन दिइएन?’ लामाले भने। उनले केवल सेवकदेखि रम्फुसम्म निर्माण हुने रेल परियोजनालाई हेरेर पट्टाको नाउँमा पोजेसन सर्टिफिकेट दिने कार्य आँखामा धुलो हाल्ने कार्य हो भनेका छन्।

अर्कोतर्फ उनले हाल चिया कमानहरूमा पनि निजो गृह निजो भुम्मी योजना अन्तर्गत जीटीएले पट्टा वितरण गर्नका निम्ति आवेदन मागिरहेको सन्दर्भमा पनि प्रतिक्रिया दिएका छन्। उनले सरकारको उक्त योजना राम्रो हुँदा हुँदै पनि चिया कमानामा केवल पाँच डेसिमल जमीनको निम्ति मात्रै पट्टा दिनुपर्छ भनेर आवेदन गर्न लगाउनु ठिक नरहेको भन्दै चियाकमानका मानिसहरूको दखलमा रहेको सम्पूर्ण जमिनको नै पट्टा दिनुपर्ने पनि उनले माग गरेका छन्। ‘पुस्तौँदेखि कमाएर आएको जमीनको पट्टा चियाकमानका बासिन्दालाई दिनुपर्छ। पाँचडेसिमलको कुरा गरेर अन्य जमिन पछि सरकार फिर्ता लिए दुख पाउँछन्। यसर्थ सबै आफ्ना अधिनमा रहेको पट्टा सरकारले दिनुपर्छ’ अमर लामाले भने।

No comments:

Post a Comment

Post Bottom Ad