टिस्टामा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु; गाउँलेहरूले भने ‘विद्युत विभागले क्षतिपूर्ती दिनुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 14, 2018

टिस्टामा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु; गाउँलेहरूले भने ‘विद्युत विभागले क्षतिपूर्ती दिनुपर्छ’


गफसफ.com, कालेबुङ 14 जुन।

कालेबुङ जिल्लाको टिस्टामा आज बिहान लगभग 7 बजे एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ। पानीको पाइपमा लिक भएको करेन्ट लाग्दा जीवन छेत्री (49) को घटना स्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ। उक्त घट्नापछि गाउँलेहरू आक्रोशित बनेका छन् भने विद्युत विभागले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
Late Jiwan Chhetri

सर्वप्रथम मृतक जीवन छेत्रीको काकीलाई करेन्ट लागेको थियो। त्यसपछि उनलाई बचाउन बहिनी पुगेपछि बहिनीलाई पनि करेन्ट लाग्दा उनी चिच्चाएकी थिइन्। त्यस बेला जीवन छेत्री स्नान गरेर पूजा गर्ने तयारी गरिरहेका थिए। आफ्ना काकी अनि बहिनीलाई करेन्ट लागेर हल्ला मच्चिएपछि उनी दुवैलाई बचाउन गएका थिए। त्यसैबेला उनी चिप्लेर करेन्ट लिक भएकै पानीको पाइपमाथि लड्न पुगेपछि उनलाई करेन्ट लागेको। यसरी उनलाई लिकभएको करेन्ट लाग्दा घटना स्थलमानै मृत्यु भएको हो।

JIten Chhetri (brother)

घट्नाबारे जानकारी दिँदै उनका भाइ जितेन छेत्रीले आफ्नो दाजुको मृत्यु हुनुमा विद्युत विभागको लापारवाही रहेको आरोप लगाएका छन्। उनले यसभन्दा अघि पनि टिस्टामा विद्युत विभागको लापारवाहीको कारण भएको घट्नाहरूको उदाहरण दिँदै यो घट्नामा पनि विभागकै दोष रहेको आरोप लगाएका छन्।

सर्वप्रथम काकीलाई करेन्ट लागेको थियो। उनलाई करेन्ट लागेपछि बहिनी बचाउन गएकी थिइन् तर त्यस बेला दुवैलाई नै करेन्ट लागेको थियो। दुवैलाई करेन्ट लागेपछि बहिनी चिच्चाउँदा दाजु स्नान गरेर पूजा गर्न लागिरहेका थिए। त्यसैबेला उनी काकी र बहिनीलाई बचाउन निस्केका थिए। तर उनी चिप्लेर लडेपछि लिकभएको करेन्टले उनलाई चपेटमा लिएको होमृतकका भाइ जितेन छेत्रीले भने। काकी अनि बहिनीलाई बचाउन गएका दाजुको मृत्युले दुखी बनेका भाइ जितेन छेत्रीले करेन्ट कहाँ लिकहुँदैछ भन्ने विभागले सही समयमा सही छानबिन गरेर सम्पूर्ण लाइन व्यवस्थित पार्नुपर्ने हो भनी बताएका छन्। उनले टिस्टा क्षेत्रमा बिजुलीको लाइन व्यवस्थित जडान नगरेको आरोप लगाउँदै त्यसैको परिणाम आजको दुर्घट्ना हो भनी आरोप लगाएका छन्।

घट्नापछि मृतदेहलाई उद्धार गरेर कालेबुङ जिल्ला अस्पतालमा पोस्टमार्टमको निम्ति ल्याइएको थियो। यसवधी गाउँमा मानिसहरू व्यापकरूपले अस्पताल परिसरमा भेला भएका थिए भने सबै गाउँलेहरूले विद्युत विभागप्रति नै दोष लगाइरहेका थिए।

Hem Kr Pradhan and others
घटना सम्बन्धमा छिमेकी समेत रहेका प्रत्यक्षदर्शी हेमकुमार प्रधानले अचानक करेन्ट लाग्यो भनेर काकी आत्तिएपछि बहिनी बचाउन पुग्दा दुवैलाई करेन्ट लागेको जानकारी गराए। त्यसपछि आफु पनि घट्नास्थलमा पुगेर हेर्दा उनीहरू दुवै केहि सुरक्षित बन्न सके पनि करेन्ट भएको ठाउँमा फसिरहेको  अनि त्यसैबेला मृतक जीवन छेत्री आफ्ना काकी अनि बहिनीलाई बचाउन आउँदा चिप्लेर लड्न पुगेको उनले बताए। चिप्लेर लडेपछि उनलाई लिकभएको करेन्ट अझ जोड्ले लाग्दा नै उनको मृत्यु भएको प्रधानले बताएका छन्। उनले घटना सम्बन्धमा पुलिस अनि विभागले उचित जाँच गर्नुपर्ने पनि माग गरेका छन्। यसक्रममा उनले करेन्ट कसरी लिकभएर पानीको पाइपमा आयो भन्ने पत्तो नभएको बताउँदै त्यसको खोज विभागले गर्नुपर्ने पनि माग गरेका छन्।

Mohan Thapa and Villagers
अर्कोतर्फ टिस्टा बासिन्दा मोहन थापाले उक्त घट्नाको जिम्मेवार विद्युत विभागले लिनुपर्ने माग गर्दै पीडित परिवार पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। विद्युत विभागको कारणले एक जना निर्दोष व्यक्तिको मृत्यु भएको छ। यसको सम्पूर्ण जिम्मेवार विद्युत विभागले नै लिनुपर्छ अनि परिक्षार पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्छ भन्ने हामी गाउँलेहरूको माग छस्थानीय टिस्टा बासिन्दा मोहन थापाले भने।

No comments:

Post a Comment

Post Bottom Ad