चिटफण्ड पीडितवर्गको मौन धर्ना प्रदर्शन; एक्सिस मल्टि डेभलपरका प्रबन्ध निर्देशकद्वय न्यायालयमा पेश - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 28, 2018

चिटफण्ड पीडितवर्गको मौन धर्ना प्रदर्शन; एक्सिस मल्टि डेभलपरका प्रबन्ध निर्देशकद्वय न्यायालयमा पेश

गफसफ.com, कालेबुङ 28 जुन।

चिटफण्ड कम्पनीबाट ठगिएका लगानीकर्ताहरूले आज कालेबुङ जिल्ला न्यायालय परिसरमा धर्ना प्रदर्शन गरेका छन्।  चिटफण्ड कम्पनीले ठगेको पैसा लगानीकर्ताहरूलाई फिर्ता गर्नुपर्ने माग गर्दै न्यायालय परिसरमा मौन धर्ना प्रदर्शन गरिएको थियो। यसक्रममा उनीहरूले यसवर्ष भित्रमा चिटफण्ड लगानीकर्ताहरूको पैसा फिर्ता नगरिए आगमी वर्ष हुने चुनाव बहिष्कार गर्ने चेतावनी पनि दिएको छ।

उनीहरूले आज न्यायालय परिसरमा मुख्य गरेर एक्सिस मल्टि डेभलोपर कम्पनीका प्रबन्धक निर्देशक सत्यबशु अनि सत्य भट्टचार्यलाई पेश गरिने कार्यलाई मध्यनजर राखेर मौन प्रदर्शन गरेको थियो। अघिबाटै पक्राउ गरिएका दुवैलाई कालेबुङका लगानीकर्ताहरूको लाखौँ पैसा ठगेको आरोपमा न्यायालयमा पेश गरिएको थियो। मौन धर्ना प्रदर्शनको क्रममा पिडित लगानीकर्ताहरूले विभिन्ना प्लाकार्डहरू बोकेका थिए। 

दुवैलाई न्यायालयमा पेश गरिएपछि पुन: उनीहरूलाई न्यायिक हिरासतमा पठाएको थियो। न्यायालयले दुवैलाई न्यायिक हिरासतमा पठाएपछि पुलिसले शंसोधनगृहमा लान निकालेपछि भने चिटफण्ड पीडितहरूले जोडदार नाराबाजी लगाएका थिए। उनीहरूले कालेबुङ जिल्ला संशोधनगृह परिसरसम्म नाराबाजी गर्दै पीडित जनताको पैसा फर्कादेजस्ता नाराबाजी लगाएका थिए।

यसक्रममा पिडित लगानीकर्ताहरूको पक्षमा बिकास छेत्री अनि पुण्य लामाले पीडितहरूको पैसा फर्काउनका निम्ति प्रशासनले उचित कार्वाही गर्दै न्याय दिनुपर्ने माग गरेका छन्। साधारण जनतालाई ठग्ने यस्ता चिटफण्ड कम्पनीका मालिकहरूलाई पक्राउ गरेर कार्वाही गर्नुपर्छ' पुण्य लामाले भनिन्।

No comments:

Post a Comment

Post Bottom Ad