कालेबुङ अस्पतालमा तनाव जारी; अस्पतालका सम्पूर्ण डाक्टर नर्सहरू धर्नामा, धारावाहिक वैठकपछी खोलियो ओपीडी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 22, 2018

कालेबुङ अस्पतालमा तनाव जारी; अस्पतालका सम्पूर्ण डाक्टर नर्सहरू धर्नामा, धारावाहिक वैठकपछी खोलियो ओपीडी

गफसफ.Com, कालेबुङ २२ मई। 

कालेबुङ अस्पतालमा तनाव जारी रह्यो। सोम्बार केही मानिसहरूले एकजना डाक्टरलाई हातपाई गरेको कारण आजबसेपछि स्थिति तनावपूर्ण बनेको हो। अस्पतालका सम्पूर्ण डाक्टर नर्सहरू धर्नामा बसेपछी बिरामी जाँच गर्न आएका मानिसहरू समस्या परेका छन्। डाक्टर कुटपिट गर्ने आरोपीलाई झट्ट पक्राउको माग गर्दै अस्पतालका कर्मचारीवर्गले धर्ना गरेको हो।




धर्ना सुरुभएपछी अस्पताल प्रशासनसँग गोजमुमो पार्टीका नेतृत्ववर्ग सँगै कालेबुङ जिल्लापाल डा विश्वनाथ अनि रोगी कल्याण संगठनका अध्यक्ष शिखा राईले बैठक गरेर धर्ना फिर्ता लिने अपिल गरेकी छन्।
उक्त घट्ना सम्बन्धी धारावाहिक वैठकपछि आखिरमा डाक्टरहरूले धर्ना फिर्ता लिएपछी ओपीडी सेवा खोलिएको छ। यद्यपि डाक्टरहरूल्व ७२ घन्टाभित्रमा दोषी पक्राउ नगरे कडा कार्वाही गर्ने चेतावनी दिएको छ। 

प्रस्तुत छ फोटो फिचर





No comments:

Post a Comment

Post Bottom Ad