पहाडका छोरा दर्शन तामाङले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरे - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, May 27, 2018

पहाडका छोरा दर्शन तामाङले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरे

गफसफ.com, कालेबुङ 27 मई।

पहाडका छोरा दर्शन तामाङले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। बीएसएफ जवान दर्शन तामाङ मिरिक गोपालधारा पासाङ गाउँका निवासी हुन्। उनले सफलतापूर्वक सगरमाथा आरोहण गरेपछि सम्पूर्ण गाउँवासी हर्षित बनेका छन्।  



नीरबहादुर तामाङ अनि कुनसाङ तामाङकी छोरा दर्शनले 20 मईका दिन सगरमाथा आरोहण गरेका हुन्। कप्तान लवाजको नेतृत्वमा रहेको सात सदस्यीय टोली उनी पनि सामेल बनेका थिए। अन्तिम शिविरबाट 24 घण्टाको लामो यात्रापछि उनईहरूको टोलीले सगरमाथा आरोहण गर्न सक्षम भएको हो।

गत 20 मार्चका दिन खेलमन्त्री राज्यवर्धन राठोरले झण्डा देखाएर यात्राको सुरुआत गरेपछि टोलिले ठिक एकमहिना पछि 20 मईका दिन नै सगरमाथाको अग्लो शिख उक्लिन सफल बनेको हो। उनीहरूले अन्तिम बेस क्याम्प साउथकालबाट आखिरी यात्रा आरम्भ गरेका थिए। अन्तिम बेस क्याम्पबाट निरन्तर हिँडाईपछि आखिरमा टोलीले सफतापूर्वक सगरमाथाको उचाईँ चुम्न सकेको हो। यसबारे दर्शन तामाङका भाई यादव तामाङले आफ्ना दाजु सगरमाथाको सफलतापूर्वक आरोहणपछि हर्ष प्रकट गरेका छन्। यता दर्शन तामाङले सफलतापूर्व सगरमाथा आरोहण गरेपछि गाउँवासीमा मात्र नभएर सम्पूर्ण पहाडबासी हर्षित बनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad