रियाङ खोलामा माछा मर्‍यो, रेलमार्ग निर्माण गर्ने कम्पनीको लापारवाही रहेको मानिसहरूको आरोप - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 10, 2018

रियाङ खोलामा माछा मर्‍यो, रेलमार्ग निर्माण गर्ने कम्पनीको लापारवाही रहेको मानिसहरूको आरोप

गफसफ.com, कालेबुङ 10 मई

राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने लोहापुल स्थित रियाङ खोलाका माछाहरू एका-एक मरेका छन्। घट्ना बिहिबार बिहान भएको हो। खोलामा माछाहरू अचानक धेरै मात्रमा मरेपछि मानिसहरूले खोलामा सेवक-रम्फु रेलमार्ग निर्माणको कार्य गरिरहेको एउटा निर्माण कम्पनीमाथि आरोप लगाएको छ। खोलामा धेरै माछा मरेपछि क्षेत्रका मानिसहरू आक्रोशित बन्नका साथै रेलमार्ग निर्माण कार्य गरिरहेको एबीसीआई इन्फेक्चर कम्पनीको कार्यालय समेत घेराउ गरेको थियो। लोहापुल नजिक रोङचोङदेखि टिस्टा तर्फ बगेको रियाङ खोलामा अचानक साना-ठुला माछाहरू मरेपछि मानिसहरू त्रसित बनेका छन्। उक्त घट्ना रेल मार्ग निर्माण गरिरहेको कम्पनीको लापारवाहीको कारणले हो भनि क्षेत्रका मानिसहरूले आरोप लगाएका छन्। 




लोहापुल नजिक रोङचोङमा सेवक रम्फु रेलमार्ग निर्माण कार्य गरिरहेको एबीसीआई इन्फेक्चर कम्पनीको एउटा मिक्चर वाहन खोलामा धुए पछि नै माछाहरू मर्न थालेको क्षेत्रवासीले आरोप लगाएका छन्। खोलामा अचानक माछाहरू मर्न थालेको खबर थाह पाउन साथ खर्साङ बन विभागका कर्मचारीवर्गलो पनि क्षेत्रको स्थलगत भ्रमण गरेर जानकरी लिएका थिए। स्थलगत भ्रमणमा आइपुगेका बन विभागका अधिकारी बिनोद तामाङले उक घट्नालाई लिएर विभागले उचित कार्वाही गर्ने बताएका छन्। उनले भने –‘यो एउटा ऐन विरूद्ध कार्य भएको छ दोषीले कडा दण्ड पाउनु पर्ने आफुलाई लाग्छ । हामी वन्य खोलाको सरक्षण साथ साथै वन्य पशु प्राणीहरूको सुरक्षा लाई लिएर दिनहुँ खटिरहेका हुन्छौ। यदि उक्त कार्यमा कम्पनीको लापरबाही रहेको छ भने हामी कडा कार्यवाही गर्नेछौ।

यता क्षेत्रका न्यौपानेले पनि कम्पनीको लापारवाहीको कारण खोलाका माछाहरू मरेको आरोप लगाउँदै प्राकृतिक सम्पदाको नष्ट गर्ने कम्पनीविरुद्ध कार्वाही गर्नुपर्ने माग गरेका छन्। रेलमार्ग निर्माणको कार्य गरिरहेको कम्पनीको केमिकलको बेरलहरू धुने कार्यले खोलामा माछाहरू सँगै अन्य सम्पूर्ण किटपतङ्क समेत मरेको गाउँलेहरूले आरोप लगाएका छन्। यसरीनै उत्तम राइले पनि विरोध जनाउदै कम्पनिले गत तीन वर्षदेखि लगातार रूपमा लापरबाही काम गरिरहेको आरोप लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad