पञ्चायत चुनाव: तराई-डुवर्समा तृणमूललाई समर्थन नगर्ने क्रामाकपाको आह्वान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 12, 2018

पञ्चायत चुनाव: तराई-डुवर्समा तृणमूललाई समर्थन नगर्ने क्रामाकपाको आह्वान


गफसफ.com, दार्जीलिङ 13 मई।

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) ले गोर्खाल्याण्ड विरोधी तृणमूल कङ्ग्रेसलाई तराई-डुवर्सका जनताले भोट नदिने आह्वान गरेको छ। भोलि हुने पञ्चायत चुनावमा डुवर्सका जनताले तृणमूल कङ्ग्रेसलाई भोट नदिने आह्वान गरेको हो।


स्मरण रहोस्, पश्चिम बङ्गाल राज्यको दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्ला बाहेक अन्य सम्पूर्ण जिल्लाभरीनै भोलि 14 मईका दिन पञ्चायत चुनाव हुनेछ। पञ्चायत चुनावका निम्ति प्रचार अभियान समाप्त भइसकेको छ। राज्यका विभिन्न ठाउँहरूमा पञ्चायत चुनावलाई लिएर एकाधिक हिंसक झडपहरू अझै भइरहेक छन्। दार्जीलिङ अनि कालेबुङ क्षेत्रमा पञ्चात चुनाव नभए पनि यता गोर्खाबहुल क्षेत्र डुवर्समा भने पञ्चायत चुनाव हुनेछ। उक्त गोर्खा बहुल क्षेत्र डुवर्समा गोर्खा जनमुक्ति मोर्चा (बिनय गुट) अनि गोरामुमो पार्टीले तृणमूल कङ्ग्रेसलाई अघिबाटै समर्थनको घोषणा गरेको छ भने गोजमुमो (बिमल गुट) ले भाजपालाई समर्थनको घोषणा गरिसकेको छ। यता कुनै राजनैतिक दललाई समर्थनको घोषणा नगरेपनि तृणमूल कङ्ग्रेसलाई भने डुवर्सका जनताले भोट नहाल्ने अपिल गरेको छ।

शनीबार दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधन गर्दै क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले भने – ‘तृणमूल कङ्ग्रेस गोर्खाल्याण्ड विरोधी पार्टी हो। यसकारण तराई-डुवर्सका जनताले तृणमूल प्रार्थीहरूलाई समर्थन नगर्नुहोस्।उनले गतवर्ष गोर्खाहरूले भारतीय संविधान अन्तर्गत गोर्खाल्याण्ड राज्य गठनको माग चर्किन्दा तृणमूल कङ्ग्रेसले गोर्खाल्याण्डको आवाजलाई दबाउन राज्यको तृणमूल सरकारले विभिन्न युक्ति अप्नाएको, जसमा 13 जना आन्दोलनकारी सहिद भएको भन्दै तराई-डुवर्सका जनताले तृणमूल कङ्ग्रेसलाई साथ नदिने आह्वान गरेका हुन्। 

निर्दोष आन्दोलनकारीवर्गलाई जेलमा किन बन्द गरियो? आज पनि निर्दोष आन्दोलनकारीहरू जेलमा नै छन्। यो सबै विषयलाई ध्यानमा राखेर तृणमूल कङ्ग्रेसलाई कुनै पनि अवस्थामा समर्थन गर्नुहुँदैनगोविन्द छेत्रीले अझ भने। उनले यसक्रममा बङ्गालमा गणतन्त्र नरहेको पनि आरोप लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad