कर्नाटक चुनाव: भारतीय जनता पार्टीले गाड्ने भयो दक्षिण भारतमा किल्ला - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, May 15, 2018

कर्नाटक चुनाव: भारतीय जनता पार्टीले गाड्ने भयो दक्षिण भारतमा किल्ला


गफसफ.com, कर्नाटक 13 मई।

कर्नाटक विधानसभा चुनावमा भारतीय जनता पार्टी स्पष्ट बहुमत हासिल गर्नका निम्ति अत्यन्तै नजिक पुगेको छ। कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्नका निम्ति 113 सिटमा बिजय हासिल गर्नुपर्नेछ। जुन बहुमतको आँकडा नजिक भारतीय जनता पार्टी पुगेको छ। यदि भाजपाले 113 सिट हासिल गर्न नसकेको खण्डमा निर्दलीय प्रार्थीहरूको साथमा सरकार गठन गर्ने निश्चित बनिसकेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी अनि भाजपा अध्यक्ष अमित शाह – फाइल फोटो 



222 आसनका निम्ति सम्पन्न चुनावमा भाजपाले सुरुआती रूझानमा आफ्नो बडत हासिल गरेको छ भने कङ्ग्रेस सत्ता कब्जाको होडदेखि धेरै टाडो पुगेको छ। सुरूआती रूझानमा भारतीय जनता पार्टीले अहिलेसम्म 109 आसनमा जित हासिल गर्न सक्ने सम्भावना देखा परेको छ। अहिलेसम्मको घोषित परिणाममा 9 वटा आसनमा भाजपा बिजयी बनिसकेको छ भने 99 आसनमा बिजयको अघि बडीरहेको छ। यता कङ्ग्रेस पार्टीले अहिलेसम्म केवल 2 वटा आसनमा जित निकाल्न सकेको छ भने 69 आसनमा बडत हासिल गरिरहेको छ। कठोर सुरक्षा व्यवस्थाको बिचमा चलिरहेको मतगणनामा अहिलेसम्म बहुजन समाजवादी पार्टी, जनता दल (सेकुलर) आदि दलहरूले भने अहिलेसम्म जितको खाता खोल्न समेत सकेको छैन। यद्यपी एकाधिक आसनहरूमा बडत हासिल भने गरिरहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी अनि भाजपा अध्यक्ष अमित शाहको चुनावी रणनीतिमा यसपल्ट भाजपाले बहुमतको साथमा दक्षिण भारतमा भाजपाको झण्डा गाड्ने स्पष्ट छाँट बनिसकेको छ। जसको कारण भारतीय जनता पार्टी कार्यकर्ताहरूमा खुशीको लहर छाउन सुरू भइसकेको छ। एकातिर भाजपाले दक्षिण भारतमा झण्डा गाड्न सफल बनिरहेको छ भने अर्कोतर्फ कङ्ग्रेस अध्यक्ष राहुल गान्धिको नेत्तृवमा भने प्रश्न खडा भएको छ।

भाजपा अध्यक्ष अमित शाहले कर्नाटक चुनावको चुनौतिहरूलाई नजिकबाट हेरेका थिए। उक्त चुनावमा जित्नु यसैवर्षको अन्ततिर हुने मध्यप्रदेश, राजस्थान अनि छत्तिसगड विधानसभा चुनाव सँगै आगमी वर्ष सम्पन्न हुने लोकसभा चुनावलाई लिएर खुबै महत्वपूर्ण रहेको थियो। कर्नाटकको किल्ला बलियो बनाएपछि भाजापाली आगमी वर्ष हुने लोकसभा चुनावको बाटो अझ सहज बन्दै गइरहेको छ।

भाजपा अध्यक्ष शाहाले कर्नाटक चुनावको बिगुल बज्नसाथ आफुलाई पूर्णरूपले कर्नाटक विधासभा चुनावमा केन्द्रित गरेका थिए। यता कङ्ग्रेस अध्यक्ष राहुल गान्धीले भने दिल्लीबाट कर्नाटक जाँडै प्रचार अभियानमा सहभागी बनेका थिए। त्यसको ठिक विपरित भाजपा अध्यक्ष अमित शाह भने कर्नाटकमा डेरा जमाएर बसेका थिए भने उनले राज्यका कार्यकर्ताहरूसँग सोझै सम्पर्क स्थापित गरेका थिए। उनले कर्नाटक चुनावको निम्ति 34 दिनसम्म डेरा जमाएर बसे भने चुनाव अवधी 57 हजार किलोमिटरको यात्रा गरेर प्रचार अभियान गरेका थिए। अमित शाहले कर्नाटकमा खास प्रभाव राख्ने सम्पूर्ण मठहरूको पनि भ्रमण गरेर दर्शन लिएका थिए। 30 मार्चका दिनदेखि अमित शाहले मैसुरदेखि चुनाव प्रचार अभियान सुरु गर्दै कर्नाटकमा भाजपाले सरकार गठन गर्ने घोषणा नै गरेका थिए। यसक्रममा उनले सिद्धारमैया सरकारको अन्त आएको घोषणा गरेका थिए।

अर्कोतर्फ प्रधानमन्त्री नरेन्द्र मोदीले 1 मईका दिनदेखि चामराजनगरबाट चुनाव प्रचार अभिया सुरु गरेका थिए। सुरुमा प्रधानमन्त्री मोदीको 15 जनसभा हुने मिडियामा खबर आएको थियो जसको पार्टीले तारिकको समेत घोषणा गरेको थियो तर, पछिबाट जमिनी स्थितिलाई ध्यानमा राखेर लगातार 48 घण्टासम्म चुनाव प्रचार अभियान गरेर 20 वटा जनसभा सम्पन्न भएको थियो। जसको कारण भाजपालाई कर्नाटकमा लाभ पुगेको छ। यस अवधी प्रधानमन्त्री मोदीले कर्नाटकमा कामदार बनाम नामदारको नारा समेत दिएका थिए। उनले आफैलाई कामदार भन्दै राहुल गान्धीलाई नामदारको सज्ञा दिएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad