कुदिरहेको बसमा लाग्यो आगो, यात्रीहरू भाग्यले बाँचे - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 28, 2018

कुदिरहेको बसमा लाग्यो आगो, यात्रीहरू भाग्यले बाँचे


गफसफ.com, कालेबुङ 28 अप्रेल।

कुदिरहेको बसमा अचानक आगो लाग्दा यात्रीहरू भाग्यले बाँचेका छन्। घट्ना राष्ट्रिय राजमार्ग 10 अन्तर्ग्त टिस्टा नजिक लिखुभीरमा भएको हो। जानकारी अनुसार सिलगडीदेखि सिक्किम तर्फ गइरहेको एस.के 01 बी 0323 बस टिस्टा नजिक लिखुभीरमा आइपुग्दा अचानक आगो लागेको थियो। 

घट्ना दिउँसो 3 बजेतिर भएको हो। कुदीरहेको बसमा आगो लाग्दा बसका चालक दावा भोटिया लगायत 29 जना यात्रीहरू सवार रहेका थिए। कुदीरहेको बसमा अचानक आगो लागेको थाह पाउन साथ बसका चालकले बसलाई रोकेर यात्रीहरूलाई सुझबुझको साथ बसबाट उत्रन लगाए। जसको कारण कुनै यात्रीहरूलाई कुनै चोटपटक लाग्न पाएन। कुदीरहेको बसमा आगो कसरी लाग्यो भन्ने कुराको प्रारम्भिक जाँचमा इन्जिनमा सर्ट सर्किट हुँदा यसरी आगो लागेको थाह लागेको छ। बसमा आगो लाग्न साथ अग्निसमन विभागलाई जानकारी गराइए पनि घट्ना स्थलमा अग्निसमनको दमकल पुग्दा आगोले बसलाई पूर्णरूपले चपेटमा लिइसकेको थियो। जसको कारण बस जलेर स्वाह भएको छ। उक्त घट्नापछि राष्ट्रिय राजमार्गमा बाहनहरूको जाम लागेको थियो भने पछिबाट  यातायातमा बाधा उत्पन्न भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad