मनोज बाजपेयी र तब्बुको ‘मिसिंग’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 6, 2018

मनोज बाजपेयी र तब्बुको ‘मिसिंग’


मनोज बाजपेयी अनि तब्बूले एकसाथ ‘घात’ अनि ‘दिल पर मत ले यार’ – जस्ता फिल्म गरेका थिए। आज उनीहरूका जोडी पुन: एकचोटी ‘मिसिंग’ मा एकसाथ देखिएका छन्। फिल्मको ट्रेलरलाई मानिसहरूले रूचाएका थिए तर फिल्मको रिलिज पछि त्यत्तिकै दर्शकहरूले रूचाउँलान् त? सरसर्ती हेरौँ ‘मिसिंग’ फिल्मबारे चर्चा –
कहानी
फिल्मको कहानी सुशान्त दुबे (मनोज बाजपेयी) अनि उनको श्रीमती अपर्णा दुबे (तब्बू) माझ रहेको छ। उनीहरू आफ्ना छोरी तितलीसँग मारिशसको एउटा रिसोर्टमा अबेर राती गएका छन्, जहाँ तितलीको स्वास्थ्य अत्यन्तै खराब भएको छ। आगमी विहान जब अर्पणा उठ्छन् तब तितली कहीँ देख्दैनन्। तितली हराउँछन्। सुशान्त अनि अर्पणा दुवैले तितलीलाई पुरा रिसोर्टमामा खोज्छन्। उनीहरूले तितली हराएको खबर पुलिसलाई पनि दिन्छन्। त्यसपछि होनहार पुलिस अफिसर रामखेलावन वुद्धु (अन्नु कपुर) लाई यस केस जाँच गर्न लगाउँछन्। कहानीमा बेग्ला बेग्लै मानिसहरूले भिन्न भिन्नै विचार राख्दछन्। जसले तितलीको पत्तो लगाउन गाह्रो पर्दछ। के तितलीलाई भेटाउँछन् त? यहीँ सस्पेन्सले मानिसहरूलाई फिल्ममा तानेर राखेको छ।

टेलिविजनको दुनियासँग सम्बन्ध राख्ने निर्देशक मुकुल अभयङ्करकको ‘मिसिंग’ पहिलो फिल्म हो। उनले फिल्मलाई राम्रो प्रस्तुति दिनका निम्ति सक्दो प्रयास गरेका छन्। यद्यपी दर्शकवर्गले फिल्म हेर्दै जाँदा त्यसपछि घट्ने घट्नाबारे थाह पाउँदछन्। जसले गर्दा केही खल्लो लाग्दछ। ठाउँ-ठाउँमा फिल्मले दर्शकवर्गलाई तानेर राख्न असक्षम समेत बनेको छ। फिल्म सस्पेन्स थ्रिरल भनिए पनि मानिसहरू फिल्म हेर्दै गर्दा हाँस्नु पर्ने स्थिति आउनेछ, जुन चाहीँ सस्पेन्स फिल्मको निम्ति शुभकारक होइन। फिल्ममा स्क्रिनप्ले समेत कमजोर देखिएको छ। फिल्मको क्लाइमेक्समा पुग्न अघिनै फिल्ममा हुने घट्नाबारे दर्शकवर्गले थाह पाउनेछन् जसले फिल्मबाट पाउँने रोमाञ्चक पाउन गाह्रो हुनेछ। फिल्मलाई क्यामेरामेन सुदीप चटर्जीले खुबै राम्रो तरिकाले कैद गरेका छन्।
कमजोर पक्ष
फिल्मको कमजोर पक्ष भनेको नै यसको कहानी हो। जुन कहानी कछुवाको चालमा अघि बडेको छ। दुई घण्टा लामो फिल्मको अन्तिम समय धेरै रोमाञ्चक रहेको छ। फिल्मको ट्रेलरले दर्शकहरूलाई जति लोभ्याएको थियो ती सबै फिल्म हेर्दा पाउँन सकिन्दैन। ब्याग्राउण्ड ध्वनी पनि भनेजस्तो प्रशंसा गर्न लायकको छैन। केही डाइलगहरूले मनलाई प्रभावित पार्न सक्छ तर एकोहोरो तानेर राख्न भने सकेको छैन।
त्यसो भए किन हेर्नु ‘मिसिंग’?
मनोज बाजपेयीले एकजना पति अनि पिताको भूमिका खुबै इमान्दारसँग निभाएका छन्। यता आफ्नो छोरीको खोजी गर्ने आमाको भुमिकामा तब्बुले पनि उत्तिकै राम्रो अभिनय गरेकी छन्। फिल्ममा मनोज बाजपेयी अनि तब्बुको केमिस्ट्री निकै प्रभावपुरक तरिकाले प्रस्तुत गरिएको छ। यता पुलिसको भूमिकामा अन्नु कपुरले राम्रो अभिनय गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad