'दबंग ब्वाई' सलमानलाई जेल सजाय - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 6, 2018

'दबंग ब्वाई' सलमानलाई जेल सजाय


मुम्बई, ६ अप्रेल २०१।
बलिउडका 'दबंग ब्वाई'  सलमान खानलाई कालो हरिण शिकारको मुद्धामा दोषी ठहर गरिएको छ। लगभग २० वर्षदेखि चलिरहेको उक्त मुद्दामा बिहीवार जोधपुरको अदालतले फैसला सुनाएको हो। सलमानलाई अदालतले ५ वर्ष जेल र १० हजार रुपियाँ जरिवानाको सजाय सुनाएको छ । सजाय सुनाए लगत्तै सलमानलाई पुलिसले हिरासतमा लिएको छ । सलमान खानलाई जेल सजाय हुन साथ उनीमाथी लगानी गर्नेहरूका करोडौं रुपैयाँ फस्न सक्छ सम्भावना बडेर गएको छ । तथापी, उनले बेलका लागि माथिल्लो अदालत जाने विकल्प रहेको छ ।

कुन चलचित्र थियो सलमान खातको हातमा ?
रेमो डिसूजाको निर्देशनमा बनिरहेको यो फिल्म 'रेस ३' मा अहिले सलमान खानले काम गरिरहेका थिए। जसको सुटिङ अझसम्म सकिएको छैन । सय करोड रुपियाँको बजेटमा निर्माण कार्य चलिरहेको 'रेस ३' सलमानको जेल सजायले प्रभावित बन्ने स्पष्ट छ। उनले  यस चलचित्रमा लिड रोल निभाइरहेका छन् ।
अली अब्बास जफरले निर्देशन गरिरहेका 'भारत' नामको एक फिल्ममा पनि सलमान खानले काम गरिरहेका थिए। उनलाई लामो जेल सजाय भएको खण्डमा यो फिल्म प्रभावित बन्नेछ। चलचित्र 'भारत' को सुटिङ जूनबाट सुरु हुने तय भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad