‘आप्पा’-को छायाङ्कन 25 अप्रेलदेखि: दयाहाङले भने - ‘फिल्म गुमाउन चाहिन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 23, 2018

‘आप्पा’-को छायाङ्कन 25 अप्रेलदेखि: दयाहाङले भने - ‘फिल्म गुमाउन चाहिन’

गफसफ.com, कालेबुङ 23 अप्रेल 2018

आप्पा बनिनका निम्ति दयाहाङ राई भारतको कालेबुङ जिल्ला आइपुगेका छन्। उनी माउन्टेन पिक्चर्स्-को ब्यानरमा निर्माण हुने चलचित्र ‘आप्पा’-को मुख्य भूमीका ‘अप्पा’ बन्न कालेबुङ जिल्ला आइपुगेका हुन्। युवा निर्देशक अन्मोल गुरुङ, अभिनेता दयाहाङ राई, अभिनेत्री अरुणा कार्की अनि निर्माता/निर्देशक समेत रहेका तुलसी घिमिरेले आज सिनेमा क्याफेमा पत्रकार सम्मेलन गरेर ‘आप्पा’- फिल्म निर्माणको औपचारिक घोषणा गरे।
फिल्मको घोषणा गर्दै दाहिनेबाट – निर्देशक अन्मोल गुरुङ, अरुणा कार्की(अभिनेत्री), दयाहाङ राई (अभिनेता) अनि तुलसी घिमिरे (अभिनेता)


निर्देशक अन्मोल गुरुङले गरे फिल्मको घोषणा

‘माउन्टेन पिक्चर्स्-को ब्यानरमा एउटा नेपाली चलचित्र निर्माण हुँदैछ। जसको नाउँ हो ‘आप्पा’। आज हामी यो पत्रकार सम्मेलनबाट ‘आप्पा’ चलचित्रको निर्माण कार्य आगमी 25 अप्रेलका दिनदेखी आरम्भ हुने घोषणा गर्दछौँ’ फिल्मका निर्देशक अन्मोल गुरुङले भने। उनले फिल्मको सुटिङ 25 अप्रेलका दिन विश्वप्रसिद्ध घुम रेल्वे स्टेशनबाट सुरु हुने पनि जानकारी दिएका छन्।

निर्देशक अन्मोल गुरुङ फिल्मको घोषणा गर्दै 
‘आप्पा फिल्म एकजना बाबु छोरामाझको कथामा आधारित हुनेछ। नेपाली फिल्मलाई नयाँ आयम दिने चर्चित कलाकार दयाहाङ राईले फिल्ममा आप्पाको भूमीका निभाउनेछन्’ निर्देशक अन्मोल गुरुङले भने। उनले चलचित्रमा नेपालकी अर्का कलाकार अरुणा कार्कीको पनि महत्वपूर्ण भूमिका रहेको जानकारी दिएका छन्। यसका साथै निर्माता एवम् निर्देशक तुलसी घिमिरे पनि फिल्ममा महत्वपूर्ण भूमीकामा रहेको जानकारी दिएका छन्। ‘फिल्मको सुटिङ दुई महिना चल्नेछ। त्यसपछि हामी  सम्पादन, सङ्गीत संयोजन आदि कार्यहरूमा ध्यान दिनेछौँ। हामी यस फिल्मलाई आगमी वर्षको ‘फादर्स-डे’ को दिन रिलिज गर्ने तयारी गरिरहेका छौँ’ अन्मोल गुरुङले भने।

फिल्मको कथा सुन्नसाथ छोड्न चाहिँन – दयाहाङ राई

काठमाडौँबाट ‘आप्पा’ बन्न भारतको कालेबुङ जिल्ला आइपुगेका दयाहाङ राईले फिल्मको कथाले नै आफुलाई तानेको स्पष्ट पारेका छन्। ‘विशेष मलाई यो फिल्मको कथाले तानेको हो। निर्देशक अन्मोल गुरुङले कथा सुनाएपछि मैले यो फिल्न छोड्नु हुँदैन भन्ने लागेको हो। कथा सुनेपछि मैले यो फिल्म गुमाउन चाहिँन’ दयाहाङ राईले भने। आफु भारतबाट निर्माण हुन लागेको फिल्ममा पहिलोचोटी काम गर्न लागिरहेको भन्दै नेपाली फिल्म जगतका निम्ति यो एउटा खुशीको क्षण रहेको समेत उनले बताए।
दयाहाङ राई पत्रकारहरूलाई सम्बोधन गर्दै  

‘फिल्मको कथा युनिभर्सल छ। संसारभरी छरिएका मानिसहरूको मनलाई छुने कथा नै फिल्ममा छ’ दयाहाङ राईले कथाबारे बोल्दै भने। उनले विश्वभरी छरिएका नेपाली भाषीहरूमाझ नेपाली फिल्म पुर्‍याउन गाह्रो परिरहेको अवस्थामा यता भने फिल्म नै बनिनु ठूलो उपलब्धि हो भन्दै यसले नेपाली फिल्मको इतिहासमा एउटा नयाँ आयाम निर्माण गर्नसक्ने आशा समेत व्यक्त गरे। ‘जुन क्यारक्टर अथवा जुन कथाहरू मैले आफ्नो जीवनमा खोजिरहेको हुन्छु त्यो ठिक्क मिल्ने ‘आप्पा’ भित्र रहेको छ। त्यसैकारण यो फिल्म गुमाउन नचाहेको हो अनि यसलाई लिएर धेरै उत्साहित छु’ दयाहाङ राईले आफ्नो उत्साह प्रकट गर्दै भने।

फिल्मले आफ्ना ‘आप्पा’ हरू हेर्ने दृष्टिकोण परिवर्तन गर्नेछन् – अरुणा कार्की

‘आप्पा चलचित्र हेरेपछि आजका पुस्ताहरूमा आफ्ना आप्पाहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन् गर्नेछन्’ काठमाडौँबाट आएकी अरुणा कार्कीले भनिन्। आफुले फिल्मको कथा पडेपछि आफ्ना घरमा बाबु अनि भाइमाझको सम्बन्धलाई आलो बनाइदिएको भन्दै सम्पूर्ण छोराहरूले फिल्म हेरेपछि आफ्ना आप्पाहरूलाई हेर्ने नजर परिवर्तन गर्ने विश्वास व्यक्त गरिन्।

मेरा निम्ति ठूलो चुनौति छ – तुलसी घिमिरे

तुलसी घिमिरेको साथमा दयाहाङ राई अनि अरुणा कार्की 
‘दयाहाङ राईहरूले नेपाली फिल्ममा नयाँ ट्रेन्ड ल्याए। उनीहरूको कला अत्यन्तै प्राकृतिक छन्। ‘आप्पा’ फिल्ममा दयाहाङ राईसँग काम गर्नु मलाई ठूलो चुनौति छ। मैले मेरो भुमिकालाई इमान्दार निभाउन साँच्चै गाह्रो पर्नेछ’ तुलसी घिमिरिले भने। आप्पा फिल्मको कथाले मागेको चरित्रलाई दयाहाङ राईले निभाउन सक्ने भन्दै युवा निर्देशक अन्मोल गुरुङ उमेरमा साना भनि पनि आफ्नो कार्यमा परिपक्व रहेको पनि घिमिरेले बताए।

No comments:

Post a Comment

Post Bottom Ad