12 करोड भन्दा धेर धनराशीको स्टील ब्रीज भत्केर झर्‍यो भुइँमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 2, 2023

12 करोड भन्दा धेर धनराशीको स्टील ब्रीज भत्केर झर्‍यो भुइँमा

डी.के.वाइबा, 

गफसफ.com, कालेबुङ, 2 मार्च 2022

प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत 12 करोड भन्दा धेर धनराशीमा निर्माणाधीन स्टील ब्रिज भत्केर पूर्णरूपले क्षतिग्रस्त भएको छ। उक्त घट्ना कालेबुङ जिल्ला अधिनस्थ याङमाकुम ग्राम पन्चायत क्षेत्रमा पर्ने लेस खोलामा भएको हो। कालेबुङ जिल्लादेखी लगभग 50 किलोमिटर टाडामा अवस्थित उक्त लेस खोलामा निर्माणाधीन स्टील ब्रिज बुधबार राती लगभग 8 बजे पूर्वरूपले भत्केर भुइँमा झरेको हो। भाग्यवश रातीको समय उक्त दुर्घट्ना भएको कारण पूर्ण निर्माण कार्यमा खटिएका मजदुरहरूलाई केही भएन। 


स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार लगभग 8 बजे रातीको समय अचानक ठूलो आवाजको साथमा उक्त पूल भत्केर झरेको हो। नजिक गाउँका मानिसहरू पूल भत्केको भयङ्कर आवाजले आतङ्कित बनेका थिए। पूल भत्केको थाह पाएपछी केही मानिसहरू उक्त निर्माणाधीन पूल भएको स्थानमा हेर्न समेत पुगेका थिए। उनीहरू निर्माणाधीन पूल भएको ठाउँमा पुगेर हेर्दा सम्पूर्ण पूल नै भत्केर खोलामा झरेको स्थानीय गाउँलेहरूले बताए।


प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत निर्माधीन उक्त स्टील ब्रीजको निम्ति 12 करोड 37 लाख, 35 हजार 95 रूपियाँ आवण्टित भएको छ। उक्त स्टील ब्रीज निर्माणको कार्य ठेकादार पासाङ लामाले गरिरहेका थिए। वर्षदिन अघिदेखि 90 मिटर लम्बाई रहेको उक्त स्टील ब्रीजको निर्माण कार्य सुरु भएको थियो भने अहिले निर्माण कार्य अन्तिम चरणतिर आइपुगेको थियो। यस्तो अवस्थामा अचानक निर्माण कार्य पूरा नहुँदानै पूल पूर्णरूपले भत्किएपछी निर्माण कार्यको गुणवत्ता ठिक नभएको हुनसक्ने मानिसहरूले आशंका व्यक्त गरिरहेका छन्।

यस सम्बन्धमा निर्माण कार्य गरिरहेका ठेकादार पासाङ लामाले पूल निर्माण कार्य हुँदै गर्दा एकापट्टीको माटो धस्केर झरेको कारण उक्त पूल भत्किएको बताएका छन्। उनले उक्त पूल निर्माण कार्य बाँकी नै रहेको बताउँदै पूल भत्किएको समय कार्यरत श्रमिकहरू भने कार्यस्थलबाट आ-आफ्नो काम सकेर गएको कारण कसैलाई चोटपटक भने नलागेको पनि जानकारी दिएका छन्।

यता, उक्त घट्ना सम्बन्धमा कालेबुङ जिल्लाका जिल्लापाल आर. बिमलाले लेस खोलामा निर्माणाधीन स्टील ब्रीजको निर्माण कार्य चलिरहेको अवस्थामा भत्किएर झरेको आधिकारिक रूपले पुष्टि गरिन्। “यस पूलले याङमाकुम ग्राम पन्चायत र पाब्रीङटार ग्राम पन्चायत जोड्ने कार्य गर्ने थियो। सोही पूल निर्माणाधीन अवस्थामा भत्किएको झरेको जानकारी पाएका छौँ” जिल्लापाल आर. विमलाले भनिन्। उनले यस सम्बन्धमा निर्माण कार्य हेरिरहेका अभियन्ताहरूले दुर्घट्ना हुनको पछी तक्निकी कारणहरू हेरेर जिर्णोद्धार कार्य सुरु गरिएको बताएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad