बलियो नागरिक समाज गठन हुन सक्यो भने राजनैतिक दलहरूको सही र गलत जनतालाई बताउन सक्छौँ – डा. हर्कबहादुर छेत्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 13, 2021

बलियो नागरिक समाज गठन हुन सक्यो भने राजनैतिक दलहरूको सही र गलत जनतालाई बताउन सक्छौँ – डा. हर्कबहादुर छेत्री

गफसफ.com, 12  मार्च 2021, कालेबुङ ।

“अहिलेको अवस्थामा अन्योलता बाहेक अन्य केहि छैन। आगामी दिनमा विधानसभा चुनाव नजिकै आइरहेको छ। सम्पूर्ण दार्जीलिङ पहाडमा सधैँ दिशाहीन राजनीति भइरहनुको पछाडी यहाँ कुनै बलियो नागारिक समाज छैन। यसकारण अब राजनीति गर्नेहरूलाई पनि सही दिशा देखाउने प्रकारको एउटा नागरिक समाजको निर्माण हुनपर्छ भन्ने आभास युवाहरूले गरिरहेको कारण नै आज एक सभा बसेर चर्चा गरेका हौँ” उक्त कुरा कालेबुङका पूर्व विधायक तथा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।


समाजलाई सही नेतृत्व दिने कार्य नागरिक समाजले मात्रै गर्न सक्ने भएको कारण आज कालेबुङका केहि व्यक्तिहरूको पहलमा नागरिक समाज गठनका निम्ति एक सभा सम्पन्न भयो। यस अवसरमा विभिन्न तप्काका मानिसहरू सभामा सहभागी बनेका थिए। उक्त नागरिक समाज निर्माणको निम्ति अघिबाटै अनौपचारिक वैठक र चर्चाहरू चलिरहे पनि आज भने सभा बसेर नै चर्चा गरिएको डा. हर्कबहादुर छेत्रीले सभापछि पत्रकारहरूलाई जानकारी दिएका छन्।

“नागरिक समाजले कुनै पनि समाजमा अभिभावको भूमिका निर्वाह गर्ने गर्छन्। नागरिक समाजले नै राजनीतिमा हुँदै गरेको क्रियाकलापबारे पनि औँली उठाएर सही कुरा बताउने कार्य गर्छ। तर, यहँ नागरिक समाजको अभावले गर्दा अहिले राजनीति समेत पतनको बाटोतर्फ लागिरहेको अवस्थामा छन्। यस्तो अवस्थामा नागरिक समाजले केहि दिशा दिन सकिन्छ कि भन्ने उद्देश्यले चर्चा परिचर्चा गर्ने कार्य भयो” डा. हर्कबहादुर छेत्रीले भने।

उनले आजको सभामा उपस्थित सबैले हालको राजनैतिक परिस्थितिमा सबैजना अन्योल रहेको बताएको भन्दै नागरिक समाजले आगामी दिनमा सम्पूर्ण दार्जीलिङ पहाडलाई नै सही दिशा दिने कार्य गर्न सकिन्छ भनेर विमर्श गरेको पनि जनाएका छन्। यसक्रममा उनले आफूहरूको पहल आगामी हुने विधानसभालाई लिएर नभए पनि यदि बलियो नागरिक समाज गठन गर्न सके विधानसभा चुनावमा पनि नागरिक समाजले राजनैतिक पार्टीहरूलाई जनताको हितामा रहेका मुद्दाहरूको उठान गर्न लाउन सक्ने थियो भनेका छन्।

यसक्रममा डा. हर्कबहादुर छेत्रीले नागरिक समाजले विधानसभा चुनावमा साझा उम्मेद्वारको पक्षमा अथवा कुनै प्रार्थी खडा गर्ने पक्षमा वकालती नगर्ने पनि स्पष्ट पारेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad