कोरोना भाइरस : दार्जीलिङअनि कालेबुङ जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या पुग्यो 107 - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 7, 2020

कोरोना भाइरस : दार्जीलिङअनि कालेबुङ जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या पुग्यो 107

गफसफ.com, 6 जुन 2020, कालेबुङ ।

कोरोना भाइरस (कोभिड-19)-ले पहाडमा पनि सङ्क्रमणको रफ्तार पक्रन थालेको छ। आज एक दिनमा मात्रै दार्जीलिङ पहाड अनि कालेबुङ जिल्लामा मोठ 14 जना मानिसहरू सङ्क्रमित भएको पुष्टि भएको छ। आज एकैदिनमा दार्जीलिङ पहाडमा 8 जना सङ्क्रमित भएका छन् भने कालेबुङ जिल्लामा 6 जना कोरोना सङ्क्रमित भएका छन्। उनीहरू सबैलाई उपचारको निम्ति कोभिड अस्पतालमा भर्ना गरिएको छ।

दार्जीलिङ पहाडको रङ्गमुक, गान्धीरोड, मुलडाँडा, तक्भर, घुम, दार्जीलिङ बजार संलग्न क्षेत्रहरूबाट 8 जना सङ्क्रमित हुनेहरूमा 5 जना महिला अनि 3 जना पुरुष रहेका छन्। सङ्क्रमित हुनेहरू सबै बाहिरबाट आएका हुन् भन्ने थाह लागेको छ। प्रशासनले सङ्क्रमितहरूको सम्पर्कमा आएका सबैलाई चिन्हित गर्ने कार्य गरिरहेको छ।

अर्कोतिर आज एकैदिनमा कालेबुङ जिल्लामा 6 जना कोरोना सङ्क्रमित भएका छन्। कालेबुङ जिल्लाको खण्ड-1 बाट 4 जना सङ्क्रमित भएका छन्। उनीहरूमा समथार, याङमाकुम, निम्बोङबाट रहेका छन् भने उनीहरू सबै दिल्ली अनि गुडगाउँबाट आएका थिए। उनीहरू गत 30 मईका दिन नै जाँचको नमुना लिइएको थियो भने आज पोजेटिभ रिपोर्ट अएपछि सबैलाई कोभिड अस्पतालमा भर्ना गरिएको छ। यसैक्रममा अलगडा खण्डको पेदोङबाट एकजना सङ्क्रमित भएका छन् भने उनी पनि दिल्लीबाट गत 29 मईका दिन आइपुगेका थिए भने उनको जाँच 1 जुनका दिन गरिएको थियो भने आज जाँच रिपोर्ट पोजेटिभ आएको हो। यसक्रममा गोरुबथान खण्डको कुमाईमा पनि कोरोना पेजेटिभ भेट्टाइएको छ। बेङ्गलोरबाट आएका उनी कोरोना पोजेटिभ भेट्टाइएपछि प्रशासनले उनलाई पनि कोभिड अस्पतालमा भर्ना गरिएको छ।

यता पश्चिम बङ्गालको स्वास्थ अनि परिवार कल्याण विभागद्वारा जारी हेल्थ बुलेटिन अनुसार दार्जीलिङ अनि कालेबुङ जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बडेर 107 पुगेको छ। हेल्थ बुलेटिन अनुसार पछिल्लो 24 घण्टामा कालेबुङमा 7 वाटा नयाँ सङ्क्रमणको मामिला बडेको छ। यससँगै कालेबुङ जिल्लामा मोठ सङ्क्रमितहरूको सङ्ख्या बडेर 18 पुगेको छ। जसमध्ये 11 जना सङ्क्रमितहरूको उपचार चलिरहेको राज्य सरकारद्वारा जारी स्वास्थ रिपोर्टमा बताइएको छ।

No comments:

Post a Comment

Post Bottom Ad