कोरोना भाइरस : जीटीए क्षेत्रका 33 जना कोरोना सङ्क्रमितहरूको सिलगडीमा चलिरहेछ उपचार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, June 9, 2020

कोरोना भाइरस : जीटीए क्षेत्रका 33 जना कोरोना सङ्क्रमितहरूको सिलगडीमा चलिरहेछ उपचार

गफसफ.com, 9 जुन 2020, कालेबुङ ।

कोरोना भाइरसको सङ्क्रमण कालेबुङमा पनि दिनदिनै बड्दै गरहेको छ। पछिल्लो 24 घण्टामा कालेबुङ जिल्लाम 4 जन कोरोना पोजेटिभ बडेको छ। चारैजनाको टेस्ट रिपोर्ट सोम्बार राती पोजेटिभ आएपछी उनीहरूलाई कोभिड अस्पतालमा भर्ना गरिएको छ। कोरोना पोजेटिभ आउनेहरूमा एकजना मुम्बईबाट आएका थिए भने एकजना महाराष्ट्रबाट कालेबुङ आएका हुन्। उक्त चारजनामध्येमा  दुईजना भने पुलिसकर्मी रहेका छन्। जसको बाहिर यात्रा गरेको कुनै जानकारी रहेको छैन।

पश्चिम बङ्गाल सरकारको स्वास्थ एवम् परिवार कल्याण विभगद्वारा जारी बुलेटिनमा दिइएको जानकारी अनुसार कालेबुङमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बडेर 22 पुगेको छ। जसमध्ये अधिबाटै 1 जनाको मृत्यु भएको छ भने 6 जना स्वस्थ भएर घर फर्किसकेका छन्। यसमध्ये 14 जनामा भने कोरोना सक्रिय रहेको कारण उनीहरूको अहिले उपचार चलिरहेको रिपोर्टमा बताइएको छ।

यता जीटीएद्वरा जारी स्वस्थ बुलेटिन अनुसार कालेबुङ जिल्लाका मोठ 11 जनाको उपचार डा. च्याङ कोभिड अस्पतालमा उपचार चलिरहेको छ भने एकजनाको उपचार देस्गब अस्पतालमा चलिरहेको बताइएको छ।

दार्जीलिङ जिल्लामा  भने पछिल्लो 24 घण्टामा 16 वटा पोजेटिभ मामिला देखा परेको छ। हाल दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बडेर मोठ 118 पुगेको छ भने 3 जनाको मृत्यु भइसकेको छ। यसक्रममा 40 जना स्वस्थ भएर घर फर्केका छन् भने पछिल्लो 24 घण्टामा 7 जना स्वस्थ भएको हेल्थ बुलेटिनमा बताइएको छ। यता अहिले दार्जीलिङ जिल्ला 75 वटा सक्रिया मामिला रहेको पनि बुलेटिनमा बताइएको छ।

जीटीएद्वारा जारी हेल्थ बुलेटिन अनुसार हो भने अहिलेघरी जीटीए क्षेत्र (दार्जीलिङ पहाड अनि कालेबुङ जिल्ला) बाट मात्रै मोठ 33 जना कोरोना सङ्क्रमितहरूको उपचार सिलगडीको कोभिड अस्पतालमा चलिरहेको छ। जसमध्ये 12 जना कालेबुङ जिल्लाका रहेका छन् भने 21 जना दार्जीलिङ पहाडका रहेका छन्। यी मध्ये 6 जना सोनादा, 3 जना मिरिक, 8 जना खर्साङ अनि 3 जना दार्जीलिङ नगरपालिका क्षेत्रका रहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad