कोरोना सङ्क्रमण : जीटीएले बिरामीको पत्तो लगाउन उच्च क्षमतायुक्त थर्मल स्क्यानर लगाउने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 10, 2020

कोरोना सङ्क्रमण : जीटीएले बिरामीको पत्तो लगाउन उच्च क्षमतायुक्त थर्मल स्क्यानर लगाउने

गफसफ.com, ११ अप्रेल २०२०, कालेबुङ
कोरोना भाइरसबाट बाँच्न मानिसहरूलाई घरभित्रै बस्ने सरकारले दिशानिर्देश दिए पनि अझै पनि मानिसहरू बाहिर हिँड्डुल गरिरहेका छन्। जसको कारण समस्या अझै जटिल बन्दै गइरहेको छ। एकठाउँबाट अर्को ठाउँमा जाने, सामाजिक दुरत्व नबनाउने घट्नाहरूकै कारण अहिले यो भाइरसको सङ्क्रमणले भारतमा पनि आफ्नो जरा बलियोसँग गाड्दै गरेको छ। जसको कारण अहिलेसम्म 6,761 जना सङ्क्रामित बनेका छन् भने 515 जनाको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा जीटीए प्रशासनले कालेबुङको मूल प्रवेशद्वार चित्रे अनि दार्जीलिङको प्रवेशद्वार सीमुलबारीमा इन्फ्रारेड थर्मल स्क्यानर लगाउने निर्णय लिएको छ। यसबारे जीटीए बोर्ड अध्यक्ष अनित थापाले जानकारी दिएका छन्।
‘भाइरस को संक्रमण रोकथाम गर्न विशेष दुई नाकाहरुमा, सीमुलबारी अनि चित्रेमा, इन्फ्रारेड थर्मल स्क्यानर लगाउने निर्णय लिएका छौं। यो स्क्यानरले शरीरको तापक्रम यदि बढेको छ भने तुरन्तै बताउँछ। क्रमबद्ध रूपमा सम्पूर्ण नाकाहरुमा थर्मल स्क्यानर स्थापना गरिनेछ। जीटीए क्षेत्र बाहिरबाट आउने सबैले  प्रवेश नाकाहरुमा इन्फ्रारेड थर्मल स्क्यानर मा स्क्रिनिङ अनिवार्य रुपमा गर्नु पर्छ’ अनित थापाले भनेका छन्।
 इन्फ्रारेड थर्मल स्क्यानरले शरीरको तापक्रम बताउँछ। यदि कुनै व्यक्तिको शरीरको तापक्रममा अचानक वृद्धि भएको छ भने LED स्क्रीन रातो भएर जान्छ। इन्फ्रारेड थर्मल स्क्यानरको सहायताले रोगीलाई उसको शरीरको बढ्दो तापक्रम जाँचेर भीडबाट छुटाउनु सकिन्छ। यदि कुनै व्यक्तिको त्वचाको तापक्रम विशेष गरी आँखाको कुनामा, निधारमा, साधारण तापक्रम भन्दा माथि छ भने, ती व्यक्तिलाई अरू जाँच गर्नु लगिन्छ। जीटीए स्वास्थ विभागका कर्मचारीहरु यस्तै व्यक्तिहरूको खोजमा लाग्ने  अनि भेटिएको खण्डमा भाइरस सम्बन्धित उपयुक्त जाँच अनि उपचार गरिने पनि थापाले बताएका छन्।
‘जीटीए यो विश्वास गर्छ कि इन्फ्रारेड थर्मल स्क्यानरको कारण पहाडमा कोरोनाको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्नेछौ। प्रत्येक नाकामा इन्फ्रारेड थर्मल स्क्यानर सञ्चालन गर्न दक्ष कर्मचारीहरु हुनेछन्। थर्मल स्क्यानर बाट खिचिएका थरमाल इमेज LED स्क्रिनमा देखिने छ’ अनित थापाले भने।
स्क्यानिङ् सिस्टमले आफै आफ तापक्रम नाप्न सक्ने भएको कारण यो संक्रमणको दृष्टिमा सुरक्षित छ रहेको पनि उनको भनाइ रहेको छ। ‘थर्मल स्क्यानर को सहायताले हाम्रो काममा तेजी आउनेछ साथै सठिक नाप हुनेछ’ अनित थापाले भने।

No comments:

Post a Comment

Post Bottom Ad