सांसद राजु विष्टले उठाएका मुद्दाहरूलाई अब सरकारले समाधान गर्नुपर्नेछ – एनजीसी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, November 18, 2019

सांसद राजु विष्टले उठाएका मुद्दाहरूलाई अब सरकारले समाधान गर्नुपर्नेछ – एनजीसी

गफसफ.com, कालेबुङ, 16 नोभेम्बर।
संसदको शीतकालिन सत्रको पहिलो दिन भाजपा सांसद राजु विष्टले ‘स्थायी राजनैतिक समाधान’-को मुद्दा उठाएपछि नेशनल गोर्खाल्याण्ड कमिटि (एनजीसी)ले सांसद विष्टलाई धन्यवाद दिएका छन्। एनजीसीका सचिव मुनिष तामाङले एक प्रेस विज्ञप्ती जारी गरेर सांसद विष्टप्रति आभार प्रकट गरेका हुन्। ‘सांसद राजु विष्टले दार्जीलिङ पहाड, तराई –डुवर्सका मानिसहरूका निम्ति स्थायी राजनैतिक समाधानको मुद्दा संसदमा उठाएको कारण नेशनल गोर्खाल्याण्ड कमिटि (एनजीसी) हर्ष व्यक्त गर्दछ। उनले जुन मुद्दा संसदमा उठाए त्यो जनताको महत्वपूर्ण मुद्दा हुन्’ मुनिष तामङले भने।

यसक्रममा गत 10 नोभेम्बर 2019 का दिन सिलगडीमा एनजीसीले डाकेको सर्वदलिय वैठकमा सम्पूर्ण राजनैतिक दलहरूको सर्वसम्मतिमा पारित प्रस्ताव अनुसार सांसद विष्टले उक्त मुद्दा उठाएको पनि तामङले बताएका छन्। यसक्रममा उनले अब सरकारले उक्त मुद्दामाथि आफ्नो प्रतिक्रिया दिनुपर्ने पनि बताएका छन्। ‘दार्जीलिङमा सांसदले उठाएका मुद्दामाथि सरकारले प्रतिक्रिया दिनुपर्ने अनि क्षेत्रमा मानिसहरूको दीर्घकालिन मागलाई संवैधानिक रूपले समाधान गर्नुपर्ने आग्रह गर्दछौँ’ एनजीसीका सचिव मुनिष तामङले अझ भनेका छन् -‘दीर्घकालिन मागको झट्ट समाधान गर्नाले चिकन नेक क्षेत्रलाई स्थिर गर्नेछ अनि यो राष्ट्रिय हितमा रहनेछ। यसका साथै यो सरकारले आफ्नो चुनावी घोषणापत्रमा गरेको बाचा अनुरूप पनि हुनेछ।’

No comments:

Post a Comment

Post Bottom Ad