स्थायी राजनैतिक समाधान भनेको ‘गोर्खाल्याण्ड’ हो, तर सांसदलाई किन ‘गोर्खाल्याण्ड’ भन्न गाह्रो पर्दैछ – विनय तामङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, November 18, 2019

स्थायी राजनैतिक समाधान भनेको ‘गोर्खाल्याण्ड’ हो, तर सांसदलाई किन ‘गोर्खाल्याण्ड’ भन्न गाह्रो पर्दैछ – विनय तामङ

गफसफ.com, दार्जीलिङ, 16 नोभेम्बर।
‘दार्जीलिङका सांसद राजु विष्टले आज लोकसभामा दार्जीलिङ पहाडको मुद्दामाथि लगभग 2 मिनट कुरा राख्ने क्रममा दार्जीलिङ पहाड अनि तराई-डुवर्सको समस्याको स्थायी समाधानमाथि जोड दिए तर शताब्दी पुरानो गोर्खाहरूको माग गोर्खाल्याण्डको मुद्दामाथि भने खुलेर केही भन्नै सकेनन्। बाघजस्तो गर्जेर पहाडबाट सांसद बनेको राजु विष्ट लोकसभामा भिजेको मुसा साबित भए। गोर्खाल्याण्डको मुद्दा उनको मुखबाट निस्किएन’ उक्त वयान गोजमुमो अध्यक्ष विनय तामङले दिएका हुन्।

संसदको शीतकालिन सत्रको पहिलो दिन सांसद राजु विष्टले दार्जीलिङ पहाड, तराई-डुवर्सको स्थायी राजनैतिक समाधानको मुद्दा उठाएपछि गोजमुमो अध्यक्ष विनय तामङले सांसद विष्टलाई प्रश्न तेर्साएका छन्। उनले सांसद विष्टले स्थायी राजनैतिक समाधान भनेर गोर्खाल्याण्डको शब्द उच्चारण समेत गर्न नसकेको आरोप रहेको छ।
‘दार्जीलिङका सांसदले कुनै राजनैतिक उद्देश्य अनि स्वार्थ लिएरै जानीबुझी गोर्खाल्याण्ड शब्द उच्चारण गर्नदेखि पन्सिएका हुन् जो समग्र भारतभरि छरिएर बसेका गोर्खाहरूको निम्ति ठूलो प्रश्नचिह्न खड़ा भएको छ’ विनय तामङले भनेका अझ भनेका छन् –‘स्थायी समाधान भनेको नै पहाडको निम्ति अलग राज्य गोर्खाल्याण्ड हो। तर सांसदलाई सोझै गोर्खाल्याण्ड भन्नु गाह्रो परिरहेको छ? किन शब्द घुमाइरहेका छन्?
यसक्रममा मोर्चा अध्यक्ष ‘माननीय सांसद महोदयलाई पहाडवासीको आँखामा धूलो हाल्ने काम नगरेर अलग राज्य गोर्खाल्याण्डको बील टेबलमा ल्याउने माग गर्दछु’ भनेका छन्। उनले भारतमा बसोवास गर्ने गोर्खाहरूको सम्पूर्ण समस्याको समाधान छुट्टै राज्य गोर्खाल्याण्डले मात्र गर्ने दाबी पनि तामङले गरेका छन्। यसक्रममा उनले आज नै सांसद राजु विष्टले गोर्खा समुदायका  11 जात गोष्ठिलाई जनजाति बनाउने विषयमा जनजाति मन्त्रालयलाई सोधेको प्रश्नको जवाबले अहिलेसम्म गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउने दिशामा कुनै ठोस पहल शुरू नभएको स्पष्ट भएको बताएका छन्।
‘गोर्खाहरूलाई भाजपाले एकपल्ट फेरि झूटो वाचा गरेको बुझिदैछ। यसैले म एकपल्ट फेरि सासंद राजु विष्टलाई सबै औपचारिकताहरू पूरा गरेर गोर्खाल्याण्ड , जनजातिको मुद्दा अनि एनआरसी सम्बन्धी कानुनमा गोर्खा जातिलाई प्रोटेक्टड लिस्टमा हालिनुपर्ने - यी तीन अहम मुद्धाहरूलाई लोकसभाको आगामी सत्रमा पेश गर्नुपर्ने माग गर्दछु’ – विनय तामङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad