कालेबुङमा आगलागीको कारण एउटा घर जलेर स्वाह - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 26, 2019

कालेबुङमा आगलागीको कारण एउटा घर जलेर स्वाह

गफसफ.com, कालेबुङ, 26 नोभेम्बर ।
कालेबुङ नगरपालिकाको वार्ड नम्बर 13 स्थित प्रिमताम रोड स्थित पुरण प्रधानको घरमा आगलागी भएको छ। आगलागीको कारण उनको घर जलेर पूर्णरूपले नष्ट भएको छ भने घरभित्रका कुनै पनि सामाग्रीहरू उनीहरूले निकाल्न सकेनन्। उक्त घट्ना आज बिहान 11 बजेतिर भएको हो। आगलागीको समयम पुरण प्रधान अनि उनकी पत्नी घरमा थिएनन्।

गाउँका मानिसहरूले अचानक दुईतल्ले घरको माथिल्लो भागबाट धुँवा देखेपछि आगलागी भएको हल्ला मच्चाएको थियो। घट्नाको जानकारी पाउन साथै स्थानीय बासिन्दाहरू आगो निभाउनमा जुटे पनि काठले बनिएको माथिल्लो तल्ला पूर्णरूपले आगोको चपेटमा पर्न गएको थियो। आगोले एकाएक उग्र रूप लिएपछी गाउँका मानिसहरू पनि आगोलाई नियन्त्रण गर्न असमर्थ बनेपछि सम्पूर्ण घर जलेर स्वाह भएको हो। घट्नाको जानकारी पाउनसाथ अग्निसमन विभागका कर्मीहरू घट्ना स्थलमा आइपुगे पनि उनीहरूले समेत घरलाई बचाउन सकेनन्। यद्यपी उनीहरूले आगोलाई निक्कै लामो समय पछि नियन्त्रण गर्न सकेको थियो।

उक्त आगलागीको खबरप्राप्त भएपछि कालेबुङ पुलिसका थाना प्रभारी अनिन्दय भट्टचार्य पनि घट्ना स्थलको जानकारी लिन पुगेका थिए। यसका साथै वार्ड पार्षद निमेष लामाले पनि घटनास्थलमा पुगेर जानकारी लिएका थिए भने उनले सम्बन्धित विभागबाट क्षतिपुर्तीको पहल गर्ने आश्वासन दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad