युवा फिल्म निर्देशक अन्मोल गुरुङ अनि सिक्किमका मुख्यमन्त्री पी.एस गोलेमाझ भेटघाट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 31, 2019

युवा फिल्म निर्देशक अन्मोल गुरुङ अनि सिक्किमका मुख्यमन्त्री पी.एस गोलेमाझ भेटघाट

गफसफ.com, गान्तोक, 31 अक्टोबर ।
कालेबुङमा उम्दा युवा फिल्म निर्देशक अन्मोल गुरुङले सिक्किमका माननीय मुख्यमन्त्री श्रीमान् पी.एस गोलेसँग भेट गरेका छन्। भारतको कालेबुङमा निर्माण गरिएको चर्चित नेपाली फिल्म ‘आप्पा’-का निर्देशक अन्मोल गुरुङले सिक्किम सचिवालय भवनमा मुख्यमन्त्री पी.एस. गोलेलाई निर्वाचन प्रणाली मार्फत् बिजयी बनेर निर्वाचित मुख्यमन्त्री बन्न सकेको सुखद अवसरमा बधाई दिएका छन्।

छोटो समयको निम्ति भएको उक्त भेटघाटको क्रममा फिल्म निर्देशक अन्मोल गुरुङले नेपाली फिल्मको क्षमता यसबाट कलाकारहरूले प्राप्त गर्न सक्ने प्लेटफार्म अनि यसबाट सिर्जना हुनसक्ने रोजगारका अवसरहरूबारे चर्चा गरेका छन्। उनले यस क्षेत्रमा नेपाली फिल्म उद्योग निर्माण गर्न सके यसबाट सरकारले समेत आयस्रोत निर्माण गर्न सक्ने अनि क्षेत्रका मानिसहरूले रोजगारको मौका पाउने सम्भाव्यताबारे पनि मुख्यमन्त्री समक्ष चर्चा गरेको जानकारी गराएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad