गोर्खाल्याण्डको निम्ति सहिद हुनेहरूलाई श्रद्धाञ्जली स्वरूप ‘एक मुठ्ठी प्राण त हो’ – गीत सार्वजनिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 27, 2019

गोर्खाल्याण्डको निम्ति सहिद हुनेहरूलाई श्रद्धाञ्जली स्वरूप ‘एक मुठ्ठी प्राण त हो’ – गीत सार्वजनिक

गफसफ.com, कालेबुङ, जुलाई
छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति प्राणआहुति दिने सहिदहरूलाई स्मरण गायक थुप्देन भोटियाद्वारा स्वरवद्ध रहेको गीत सार्वजनिक भएको छ। उमेश उपमाको शब्द अनि योगेन्द्र घतानीको सङ्गीत रहेको उक्त गीत युट्युब मार्फत् सार्वजनिक गरिएको हो। 27 जुलाई अर्थात् सहिद दिवसको अवसरमा उक्त गीत सार्वजनिक गरिएको हो।
‘एक मुठ्ठी प्राण त हो, मरिदिन्छु’ भन्ने उक्त गीतले छुट्टै राज्य प्राप्तिको निम्ति अहिलेसम्म सहिद बनेकाहरूलाई सम्झना गरिएको छ। अहिलेसम्म भएको छुट्टै राज्य गठनको आन्दोलनमा वीरहरूले आफ्नो प्राणाहुति दिँदै आइरहेका छन्। गोर्खाल्याण्ड भनेपछि हुरूक्कै हुने जनता प्रत्येकपल्ट माटोको निम्ति मर्न पछि परेका छैनन्। सोहि कुरालाई गीतका शब्दकार उमेश उपमाले समेटेका छन् भने योगेन्द्र घतानीले गरेको सङ्गीत संयोजनमा गायक थुप्देन भोटियाले आफ्नो स्वर दिएका छन्।

युट्युबमा गीत सुन्न यहाँ थिच्नुहोस्...

No comments:

Post a Comment

Post Bottom Ad