कालेबुङकी लिरम लेप्चाले राज्य स्तरीय आर्चेरी प्रतियोगितामा हत्याइन् स्वर्ण पदक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, July 28, 2019

कालेबुङकी लिरम लेप्चाले राज्य स्तरीय आर्चेरी प्रतियोगितामा हत्याइन् स्वर्ण पदक


गफसफ.com, कालेबुङ28 जुलाई।
माउन्ट कार्मेल स्कुलकी छात्र लिरम लेप्चाले आर्चेरीमा स्वर्ण पदक जितेकी छन्। आईसीएसई विद्यालय अन्तर्गत पश्चिम बङ्गाल राज्य एवम् उत्तर पूर्वीय क्षेत्र स्तरीय प्रतियोगितामा कालेबुङ शहर नजिक अवस्थित माउन्ट कार्मेल विद्यालयमा बाह्रौँ कक्षमा अध्ययनरत लिरम लेप्चाले स्वर्ण पदक जितेकी हुन्।

हेरिटेज स्कुल कोलकोतामा सम्पन्न भएको उक्त प्रतियोगितामा लिरम लेप्चाले स्वर्ण पदक हासिल गर्नका साथै उनी राष्ट्रिय स्तरीय प्रतियोगिताको निम्ति छनौट समेत भएकी छन्। आगामी दिनमा उनले राष्ट्रीय स्तरको प्रतियोगितामा कालेबुङ सँगै राज्यलाई नै प्रतिनिधित्व गर्नेछिन्। उनको बिजयले माउन्ट कार्मेल विद्यालयमा खुशीको लहर छाएको छ भने विद्यालय पक्षले उनलाई बधाई दिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad