गोर्खाहरूको स्थायी राजनैतिक समाधान गर्नेछौँ – सांसद राजु विष्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 14, 2019

गोर्खाहरूको स्थायी राजनैतिक समाधान गर्नेछौँ – सांसद राजु विष्ट

गफसफ.com, कालेबुङ, 14 जुन ।
लोकसभा चुनावमा एकतर्फी जीर हासिल गर्ने सांसद राजु विष्टले कालेबुङका जनतालाई धन्यवाद दिएका छन्। चुनाव जितेपछि बिहिबार पहिलोपल्ट कालेबुङ आइपुगेका विष्टले पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङका जनताप्रति आभार प्रकट गरेका हुन्। यसक्रममा उनले कालेबुङका विभिन्न राजनैतिक दलका प्रतिनिधीवर्गसँग सर्वदलिय वैठक समेत गरे।

‘हामीले आगामी पाँचवर्षका बितेको लोकसभा चुनावमा गठबन्धनमा रहेका सबै राजनैतिक दलहरूको एकतालाई कायम राख्ने निर्णय लिएका छौँ। हाम्रो यो एकता जारी रहनेछ अनि हामी मिलेर नै अघिल्लो कार्य गर्नेछौँ’ सांसद राजु विष्टले पत्रकारहरूलाई भने। यसक्रममा उनले भाजपाले गोर्खाहरूका निम्ति स्थायी राजनैतिक समाधान गर्ने कुरा दोहोर्‍याए। यद्यपि उनले उक्त स्थायी राजनैतिक समाधान के हो भन्ने कुरा भने स्पष्ट खुलाएनन्।
उनले लोकसभा चुनावमा बनेको गठबन्धनलाई अघि बडाउँदै गठबन्धनमा रहेका राजनैतिक दलहरूका दुई-दुईजना प्रतिनिधीवर्गलाई लिएर स्टेरिङ कमिटि समेत गठन गर्ने निर्णय लिइएको सांसद विष्टले बताएका छन्।  ‘हामीले प्रत्येक दलका दुईजना प्रतिनिधी लिएर स्टेरिङ कमिटि बनाउने निर्णय लिएका छौँ। सोही स्टेरिङ कमिटिले नै आगामी दिनमा आगामी दिनमा के कस्ता मुद्दाहरू लिएर अघि बड्नुपर्छ भन्ने तय गर्नेछ’ विष्टले अझ भने –‘यो गठबन्धन भाजपालाई चुनाव जिताउन मात्र बनिएको गठबन्धन होइन तर जातीय हितमा बनेको गठबन्धन हो। यसकारण यो गठबन्धनले जातीय हितमा कार्य गर्नेछ।’
यसक्रममा उनले आफुहरूले चुनावको समयमा जनता सामु गरेको बाचा पुरा गर्ने दाबी पनि गरेका छन्। ‘हामीले 11 जातलाई जनजातिको मान्यता दिने भनेका छौँ। यसका साथै स्थायी राजनैतिक समाधान गर्ने पनि तय गरेका छौँ। यो भाजपाले पुरा गर्नेछ’ बिष्टले भने। यसक्रममा उनले जीटीए चुनाव आफुहरूको खास मुद्दा नरहेको भन्दै यदि जीटीएको चुनाव हुन्छ भने त्यहाँ पनि आफुहरूले तृणमूल कङ्ग्रेस अथवा गोजमुमो बिनय गुटलाई पराजित गरेर गोर्खा एकता देखाइदिने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad