‘आप्पा’ चलचित्रको गीत ‘अमला’ रिलिज (भिडियो सहित) - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 13, 2019

‘आप्पा’ चलचित्रको गीत ‘अमला’ रिलिज (भिडियो सहित)

गफसफ.com, कालेबुङ, 13 मई।  
नेपाली चलचित्र आप्पाको नयाँ गीत अमला माउन्टेन स्टोरिस इन्ट्रटेन्मेन्टको ब्यानारमा निर्देशक अनमोल गुरुङ अनि निर्माता रुदेन सादा लेप्चाले सार्वजनिक गरेका छन्।
सुपरस्टार दयाहाङ राई, सिद्धार्थराज तामाङ अनि अलोना काबो लेप्चा रहेको अमला गीत सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको छ।

नेपाली चलचित्र आप्पाबाउ-छोराको सम्बन्धमा आधारित छ। बाउको कथा अथवा बाउको ह्दयलाई छाम्न सक्ने उक्त चलचित्र आप्पाआगामी अषाढ 13 गते (28 जून) मा सार्वजनिक हुने भएको छ।
चलचित्र आप्पाको हावा सरररअनि साझा परेपछि दुईवटा सार्वजनिक भइसकेको गीतले उत्कृष्ट प्रतिक्रिया पाएपछि तेस्रो गीत अमलासार्वजनिक गरिएको हो। उक्त गीतलाई सुशान्त गौतम अनि एसडी योगीले सङ्गीत दिएका छन् भने शब्दकार हर्क साउद हुन्। 
चर्चित गायिका मेनिला राई अनि एसडी योगीले स्वर दिएका उक्त गीतको निर्देशन रेनेसा बान्तवा राईले गरेकी छन् भने नृत्य-संरचनाकार वाइल्ड रिपर्जले गरेका हुन्।
नानीहरूको दृष्टिकोणबाट संसारलाई हेर्न खोजिएको उक्त गीत अमलाले संसार रमाइलो, रङ्गीन छ भनेर सन्देश दिएको छ। यस भिडियोले प्रत्येक मानिसको बालकपन फर्काउनका निम्ति उत्साह मिलोस् साथै हरेक मानिसभित्र बालपन हुन्छ र त्यही आँखीझ्यालबाट संसार हर्ने सके रमाइलो देखिन्छ भन्ने उद्देश्य यस गीतमा रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad