जाप प्रार्थी अमर लामा चुनाव प्रचारमा व्यस्त; भने –‘मोटा र चोट्टा दुवै पिँध बिनाको लोटा’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 13, 2019

जाप प्रार्थी अमर लामा चुनाव प्रचारमा व्यस्त; भने –‘मोटा र चोट्टा दुवै पिँध बिनाको लोटा’

गफसफ.com, दार्जीलिङ, 13 मई।  
अल इण्डिया जन आन्दोलन पार्टीका प्रार्थी अमर लामाले दार्जीलिङ विधानसभा उपचुनावको प्रचार गर्नेक्रममा भाजपा प्रार्थी निरज जिम्बा अनि निर्दलीय प्रार्थी विनय तामाङ दुवै पहाडवासीको हितैसी नरहेको बताएका छन्। उनले अहिलेघरी भाजपा प्रार्थी निरज जिम्बा र निर्दलीय प्रार्थी विनय तामाङ माझ ‘चोटा र मोटा’ भन्दै आरोप प्रत्यारोप गरेर भोटको अपिल गरिरहेको भन्दै उनले एकैवाक्यमा दुवैलाई प्रहार गरेका छन्। ‘मोटा र चोट्टा दुवै पिँध बिनाको लोटा’-अमर लामाले निरज जिम्बा अनि विनय तामाङप्रति व्यङ्ग्य प्रहार गर्दै दुवै नै जनताको पक्षमा नरहेको दाबी गरेका छन्।

चामुङ चियाकमान लगायत विभिन्न ठाउँहरूमा तिव्ररूपले चुनाव प्रचार गरिरहेका जाप प्रार्थी अमर लामाले जनतालाई सम्बोधन गर्दै आफुले यसपल्टको विधानसभा उपचुनावमा जिते जनताको हितमा निम्नतम ज्याला, पर्जा-पट्टा र 105 दिने बन्दको पारिश्रमिक दिलाउने दाबी गरेका छन्। सोही मुद्दाको आधारमा यसपल्ट जनताले आफुलाई चुन्नुपर्ने पनि लामाले अपिल गरेका छन्।
यसक्रममा लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत् पनि जनतालाई अपिल गर्दै आगामी 19 मईका दिन जनताले सोँचेर सही निर्णय लिनुपर्ने अपिल गरेका छन्। ‘यो उपचुनाउ भनेको दुइ वर्षका लागि आफ्नो जनप्रतिनिधि चुन्ने चुनाउ मात्र होइन तर भाजपा र तृणमूल जस्तो ठूलो र राष्ट्रीय तहका पार्टीहरूको क्षेत्रिय जनाकाङ्क्षालाई कुल्चीमिल्ची पार्ने षड्यन्त्रको जवाफ दिने चुनाउ हो। आफ्नै भनिएका पार्टीहरूले पद, पैसा र सत्ताको लागि जनताको सपना र शहीदको रगतसँग गरेको विश्वासघातको प्रतिकार गर्नुपर्ने चुनाउ हो’ अमर लामाले भनेका छन्।
उनले जनतालाई अपिल गर्नेक्रममा जन आन्दोलन पार्टी विकास विरोधी पार्टी होइन भन्दै ‘दार्जीलिङवासीहरूलाई पनि विकास चाहिएको छ तर गोर्खा-शिरको सम्मान, गोर्खा-नाकको ईख अनि गोर्खा-छात्तीको स्वाभिमानलाई केन्द्र र राज्यमा सत्तासीन दलको पाइतालामा राखेर पाएको विकासले हामीलाई सुविधा त देला तर सन्तुष्टि कदापी दिनेछैन’ समेत भनेका छन्।
यसक्रममा उनले आफुहरूले दार्जीलिङको विकाससँगै जनताको गणतान्त्रिक अधिकार, न्यायपूर्ण शासन व्यवस्था र राजनैतिक मूल्य-मान्यताहरूको रक्षाको लागि पनि प्रतिबद्ध छौँ भनि बताएका छन्। ‘दार्जीलिङका जनतालाई चुनाउ जितेर बङ्गालको दास हुने जनप्रतिनिधि होइन तर जनताका हक-अधिकारका लागि बुलन्द आवाजसँग कलकत्तामा बोल्नसक्ने निर्भीक, स्वाभिमानी जनप्रतिनिधि चाहिएको छ’ उनले आफ्नो फेसबुक पोस्टमा भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad