असमको राजधानी गुवाहटीमा ग्रिनेड बिस्फोट; 6 जना गम्भीर घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, May 15, 2019

असमको राजधानी गुवाहटीमा ग्रिनेड बिस्फोट; 6 जना गम्भीर घाइते

गफसफ.com, गुवाहटी, 15 मई।
गुवाहटी जू रोड स्थित एउटा मलको बाहिर ग्रिनेड बिस्फोट गरिएको छ भने उक्त बिस्फोटको घट्नामा 6 जना गम्भीर घाइते भएका छन्। न्यूज एजेन्सी एएनआई-को रिपोर्ट अनुसार आसमको राजधानी गुवाहटीमा भएको उक्त विस्फोटले आतङ्कको वातवरण छाएको छ। बिस्फोट पछि घट्ना स्थललाई पुलिसले घेराबन्दी गरेको छ भने घाइतेहरूलाई गुवाहटी मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ।

गुवाहटी पुलिस कमिश्नर दीपक कुमारले ग्रिनेड धमाकाको जानकारी दिँदै शहरको जू रोड स्थित एउटा मल बाहिर राती 8 बजे ग्रिनेड धमाका भएको पुष्टि गरेका छन् भने उक्त विस्फोटमा कम्तीमा 6 जना घाइते भएको उनले बताएका छन्। यता उक्त बिस्फोटको घट्नालाई लिएर जाँच एजेन्सीहरू सक्रिय बनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad