दार्जीलिङ विधानसभा उपचुनाव : चिया श्रमिकहरूले 105 दिने बन्दको दैनिक हाजिरा पाउने विनय तामाङले गरे दाबी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 3, 2019

दार्जीलिङ विधानसभा उपचुनाव : चिया श्रमिकहरूले 105 दिने बन्दको दैनिक हाजिरा पाउने विनय तामाङले गरे दाबी

गफसफ.com, दार्जीलिङ, 3 मई।
दार्जीलिङ विधानसभा उपचुनावको मैदानमा निर्दल प्रार्थीका रूपमा खडा भएका गोजमुमो अध्यक्ष विनय तामाङ चिया कमानका श्रमिकहरूलाई विगत 105 दिने बन्द अवधीको दैनिक हाजिरा दिलाउने घोषणा गरेका छन्। चुनाव प्रचारको क्रममा उनले नागरी-धजे अनि पोखरेबुङ-चामोङ समष्टिका विभिन्न चियाकमानहरूमा पथसभा अनि मतदाताहरूसित भेट्ने क्रममा उक्त दाबी गरेका हुन्।
105 आन्दोलनकालका हाजिराहरू सबै सरकारी कर्मचारीहरूले प्राप्त गरिसकेका छन्। तर सिन्कोना अनि चियाकमानका श्रमिकहरूले पाएको थिएन। हामीले राज्य सरकारसित यस विषयमा निरन्तर कुराकानी गर्दै आइरहेका थियौ। यसैको फलस्वरूप राज्य सरकारले दार्जीलिङ पहाड़का 87 वटै चियाकमान अनि सिन्कोना बगानको 105 दिनको दैनिक हाजिरा प्रदान गर्नको निम्ति 108 करोड़ रूपियाँ जीटीएलाई प्रदान गर्न राजी भएको र यसमध्ये 1 करोड़ रूपियाँ प्रदान गरिसकेको विनय तामाङले बताएका छन्।
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एवं निर्दलीय प्रार्थी विनय तामाङले हिजो चामुङ चियाकमान, सियोक, गोपालधारालगायत नागरी धजे समष्टिअन्तर्गत मगरजुङ, अप्र-लोवर एभनग्रोभ चियाकमान, नागरी फार्म, धजे बजारलगायत अन्य विभिन्न स्थानहरूको भ्रमण तथा पथसभाहरू गरेका थिए भने आज पोख्रेबुङ-चामोङ समष्टि अन्तर्गत लोवर-अप्पर समरिक पानी, पोखरेबुङ, टर्जम, चामोङ चियाकमान लगायत अन्य क्षेत्रहरूको भ्रमण अनि पथसभा आयोजन गरेर मानिसहरूलाई सम्बोधन गरे। यसक्रममा विभिन्न स्थलहरूमा स्थानीय वासिन्दाहरूले तामाङलाई भव्य स्वागत पनि गरेका थिए।
पथसभाहरूलाई सम्बोधन गर्ने क्रममा विनय तामाङले आफू कुर्सीको लोभमा हैन तर लामो समयदेखि थाँतीमा रहेको  पहाडको समस्याहरू समाधान गर्नुको निम्ति चुनाउमा उत्रिएको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad