माकपा प्रार्थी समन पाठकले दार्जीलिङका जनतालाई मागे भोट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 2, 2019

माकपा प्रार्थी समन पाठकले दार्जीलिङका जनतालाई मागे भोट

गफसफ.com, दार्जीलिङ, 1 अप्रेल।
दार्जीलिङ लोकसभा आसनबाट खडा भएका माकपा उम्मेद्वार समन पाठकको लागि प्रचार गर्न आगामी 13 अप्रेलको दिन दार्जीलिङमा माकपा पोलिट व्यूरो सदस्य सीताराम येंचुरी आउनेछन्। यसअघि 5 अप्रेलको दिन माकपाका एक शीर्ष नेता सिंह पनि आउने भएको आज दार्जीलिङमा प्रचार अभियानको समय माकपा उम्मेद्वार समन पाठकले बताए।

उनले आज दार्जीलिङ शहरमा रोड शो गरे अनि घर-घर र दोकान-दोकान गएर जनतासमक्ष आफूलाई भोट दिने पनि अपील गरे। हिजोसम्म पाठकले सिलगढीमा चुनाउ प्रचार गरिरहेका थिए भने यसको निम्ति उनलाई साथ दिन पार्टीका एक वरिष्ठ नेता सूर्यकान्त मिश्र आएका थिए। आज चुनाउ प्रचारको लागि दार्जीलिङ आइपुगेका माकपा उम्मेद्वार पाठकले दार्जीलिङ पहाडको स्थायी समाधान, गणतन्त्रको पुनर्बहाली, चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन, पर्जा-पट्टा, गोर्खा जातिलाई भाषिक अल्पसंख्यकको दर्जा दिनुपर्ने मागलाई प्राथमिकता दिएर संसदमा आवाज उठाउने वचन दिएका छन्। दार्जीलिङ पहाडलाई सर्वोच्च स्तरको संवैधानिक व्यवस्था दिनुपर्ने मागलाई माकपाले धेरै अघिदेखि उठाउँदै आइरहेको छ।
उनले दार्जीलिङ लोकसभा आसनबाट साझा उम्मेद्वार चयन हुन नसक्नुलाई दुर्भाग्यपूर्ण हो भन्ने बताउँदै माकपा जनताको मुद्दाको लागि नै लड्ने बताए। वर्ष 2006-देखि 2012-सम्म राज्यसभा सांसद बनेका समन पाठकले आज रोड शो-को अवसरमा तृणमूल कंग्रेस र भारतीय जनतामाथि लक्ष्य गर्दै भने-देशमा कुन पार्टीले धर्मको नाममा राजनीति गरिरहेको छ भने कुनै पार्टीले दार्जीलिङ पहाडमा जात-जातलाई विभाजन गर्ने राजनीति गरिरहेको छ। यसैले सम्पूर्ण जनताको लागि सामान्यरूपले राजनीति गर्ने माकपालाई नै जनताले सहीरूपमा चयन गर्नुपर्छ।

No comments:

Post a Comment

Post Bottom Ad