भारतीय जनता पार्टीले मणिपुरका राजु विष्टलाई बनायो दार्जीलिङको लोकसभा प्रार्थी; विमल गुटभित्र सुरुभयो असन्तुष्टिको लहर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 24, 2019

भारतीय जनता पार्टीले मणिपुरका राजु विष्टलाई बनायो दार्जीलिङको लोकसभा प्रार्थी; विमल गुटभित्र सुरुभयो असन्तुष्टिको लहर

गफसफ.com, कालेबुङ, 24 मार्च।
भारतीय जनता पार्टीले अन्तत: दार्जीलिङ लोकसभा आसनबाट आफ्नो प्रार्थीको नाउँ घोषणा गरेको छ। भाजपाले यसपल्ट मणिपुरका उद्योगपति राजु विष्टलाई दार्जीलिङ लोकसभा आसनबाट प्रार्थीको रूपमा खडा गरेको छ। भारतीय गोर्खाहरूको राजनैतिक अनुहारहरूमा कहिल्यै देखा नपरेका राजु विष्टलाई गोजमुमो विमल गुट अनि गोरामुमो पार्टीका प्रतिनिधीहरूले समर्थन गरेर नै भाजपा प्रार्थी बनाइएको हो। जससँग गोजमुमो पार्टीका भूमिगत नेता विमल गुरुङ, रोशन गिरी, लोब्साङ लामा अनि गोरामुमो पार्टीका अध्य मन घिसिङ, निरज जिम्बा लगायत अन्यले वैठक समेत गरेको फोटो सार्वजनिक भएको छ।

गोजमुमो विमल गुट अनि गोरामुमो पार्टीको समहमतिमा भाजपाले मणिपुरका गोर्खा प्रतिनिधी राज्य विष्टलाई दार्जीलिङ लोकसभा आसनबाट प्रार्थीको रूपमा खडा गरेपनि उनी दार्जीलिङ पहाडमा भने पटक्कै परिचित नाउँ होइन। जसको कारण भाजपालाई चुनावमा लाभ भन्दा धेर नोक्सान नै खप्न पर्ने सम्भावना देखा परेको छ। लामो समयदेखि आर.एस.एससँग आवद्ध बनेर कार्य गर्दै आइरहेका राजु विष्ट काङपोख जिल्ला मणिपुरका बासिन्दा हुन्।
दार्जीलिङ लोकसभा आसनबाट भूमीपुत्र प्रार्थी खडा गर्नुपर्ने माग चलिरहेको अवस्थामा भाजपाले भूमिपुत्रकै नारालाई अघि सार्दै राजु विष्टलाई अघि उतारेका छन्। मणिपुरका स्थायी बासिन्दा रहेका राजु विष्टको सिलगडी मतिगडा स्थित पनि घर रहेको छ। जसको आधारमा भाजपाले उनलाई दार्जीलिङको भूमिपुत्र भन्दै चुनाव प्रचार गर्ने योजना समेत बनाएको छ।
यता भाजपाले चुनावी मैदानमा विमल गुरुङ गुट अनि गोरामुमो पार्टीसँग गोप्य वैठक गरेर 33 वर्षिय युवा राजु विष्टलाई लोकसभा प्रार्थी बनाएपछि पार्टीभित्रै व्यापक असन्तुष्टि छाएको छ। गोजमुमो विमल गुटका मुख्य सल्लाहकार स्वाराज थापाले राजु विष्टको नाउँ घोष्णा हुनसाथै पार्टीबाट राजीनामा समेत दिएका छन् भने थापाले राजीनामा सँगै पार्टीभित्रको असन्तुष्टि पनि बाहिर आउन थालेको छ। 

No comments:

Post a Comment

Post Bottom Ad