जम्मु कश्मीरमा आतङ्की हमलामा सहिद हुने सीआरपीका जवानहरूको संख्या बडेर पुग्यो 42 - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 14, 2019

जम्मु कश्मीरमा आतङ्की हमलामा सहिद हुने सीआरपीका जवानहरूको संख्या बडेर पुग्यो 42

गफसफ.comजम्मु कश्मीर, 14 फरवरी।
जम्मु कश्मीरको पुलवामामा सीआरपीएफको लश्करमाथि आतङ्की हमलामा सहिद हुनेहरूको संख्या बडेर 42 पुगेको छ। विस्फोट हुनसाथ मोठ  12 जना जवान सहिद बनेका थिए भने अहिलेसम्म सहिदहुनेहरू 42 जना पुगिसकेको छ। घट्ना केहि समय अघि मात्रै भएको हो। उक्त आतङ्की हमलाको जिम्मेवारी पाकिस्तानको आतङ्कवादी सङ्गठन जैश-ए-मोहम्मदले लिएको छ।

आतङ्की हमलामा सहिद बनेका जवानहरूको परिचय निकाल्ने प्रयास गरिन्दैछ भने घाइतेहरूलाई उपचारको निम्ति विभिन्न अस्पतालहरूमा भर्ना चलिरहेको छ। घट्नापछि राष्ट्रिय राजमार्गलाई पूर्णरूपले बन्द गरिदिएको छ।
लगभग 25 सय सीआरपीका जवानहरू लिएर अघाडी बडिरहेको लश्करमा आताङ्कवादीहरूले आईईडी विस्फोट गरेको हो। जुन विस्फोटमा परेर 12 जना जवानहरू घट्ना स्थलमा नै सहिद बनेका थिर भने अहिले 42 जना सहिद बनिसकेका छन्।
प्राप्त जानकारी अनुसार आतङ्कवादीहरूले एउटा कारमा आईईडी राखेर विस्फोट गरेको थियो भने उक्त कार टुक्रा-टुक्रा भएको छ। जुन घट्नामा सीआरपीका 42 जना जवानहरूले आफ्नो प्राण त्यागेका हुन्। आतङ्की हमला परेर घाइते बनेका जवानहरू मध्ये केहि जवानहरूको अवस्था सोँचनीय रहेको थाह लागेको छ।

1 comment:

Post Bottom Ad