कालेबुङ शहरको विभिन्न ठाउँहरूमा जनताको नाउँमा देखा पर्‍यो पोस्टर; पोस्टर टाँस्नेहरूले लेखे –‘विमल गुरुङ तिमी छिट्टो आउ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, January 5, 2019

कालेबुङ शहरको विभिन्न ठाउँहरूमा जनताको नाउँमा देखा पर्‍यो पोस्टर; पोस्टर टाँस्नेहरूले लेखे –‘विमल गुरुङ तिमी छिट्टो आउ’

गफसफ.com, कालेबुङ, 6 जनवरी।
कालेबुङ शहरको विभिन्न ठाउँहरूमा जनताको नाउँमा पोस्टर देखा परेको छ। उक्त पोस्टरमा भूमिगत नेता विमल गुरुङलाई फर्किने आह्वान समेत गरिएको छ। भूमिगत नेता विमल गुरुङको साथमा जनता रहेको भन्दै उनलाई फर्किने आह्वान जनताको नाउँमा टाँसिएको पोस्टरमा गरिएको छ।

कालेबुङ शहरको 10 माइल, सीके चौक, मोटर स्ट्याण्ड लगायत अन्य ठाउँहरूमा देखा परेको उक्त पोस्टर रातीको समय टाँसिएको हुन सक्ने अनुमान गरिएको छ। पोस्टरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गरिएको छ भने पहाडका सांसद एस.एस आहलुवालीया ‘हाई ! हाई !!’ भनि लेखेको छ।
‘मोदी तिमीले देखेको सपना कहिले विपना हुन्छ?, बङ्गालकको काखमा बसेर गोर्खाल्याण्ड भन्नेहरूलाई धिक्कार छ, विमल गुरुङ तिमी छिट्टो आउ जनता तिम्रो साथ छ’ पोस्टरमा लेखिएको छ।
यसका साथै उक्त पोस्टर टाँस्नेहरूले जीटीए रद्द गर भन्ने कुरा पनि उल्लेख गरेको छ भने केन्द्र सरकारलाई 11 जनजाति दिँदैनौँ भने गोर्खाल्याण्ड देउ भनेको छ।
‘बेकामे जीटीए रद्द गर। केन्द्र सरकार गोर्खालाई न्याय देउ, 11 जनजाति दिँदैनौँ भने सिधा गोर्खाल्याण्ड देउ... विमल गुरुङ जिन्दावाद’ अर्को पोस्टरमा लेखेको छ।
स्मरण रहोस् नयाँ वर्ष 2019 लागेपछि जनताको नाउँमा शहरमा पोस्टर देखा परेको यो नै पहिलोचोटि हो। यसभन्दा अघि जनताको नाउँमा समय समयमा पोस्टर देखा पर्ने गरेपन निक्कै लामो समय यता भने यसरी जनताको नाउँमा पोस्टर टाँसिएको थिएन।

No comments:

Post a Comment

Post Bottom Ad