गफसफ.com,नयाँ दिल्ली, 4 जनवरी।
छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा प्रत्येकपल्ट विभिन्न
राजनैतिक दलका नेताहरूले लोकसभा चुनाव जितेर संसद भवन पसेपनि आजसम्म ती सांसदहरूले
गोर्खाल्याण्ड गठनको कार्य भने गर्दै नगरेको जनगुनासो रहिआएको छ। यस्तो अवस्थामा यसवैर्ष
हुने लोकसभा चुनावमा पुन: एकचोटी नेताहरू गोर्खाल्याण्डको नाउँमा जनतालाई ठग्न
आउँछन् अनि यसपल्ट जनता ठगिन हुँदैन भन्ने विचारधारा राख्नेहरू अघि आउन थालेका छन्।
यसपल्टको लोकसभा चुनावमा एकमात्र छुट्टै राज्य
गोर्खाल्याण्डको आवाज संसदभवमा उठाउन सक्ने प्रार्थी दार्जीलिङ लोकसभा समष्टिबाट सामुहिक
सहमति बनाएर पठाउनुपर्छ भन्ने सोँच राखेर समाज सेवी एवम् उद्योगपतीद्वय चिरञ्जीवि
शर्मा अनि राजीव शर्मा लगायत सघन मोक्तानले व्यक्तिगत रूपके सामुहिक एकता जुटाउने
प्रयास सुरु गरेका छन्।
जन्मले तीनैजना डुवर्सवासी भएपनि हालमा उनीहरू भारतको अन्य
राज्यहरूमा उद्योगधन्धा अनि व्यवसाय गर्दै आइरहेका छन्। ‘हामीलाई लागेको चाहीँ
यसपल्टको लोकसभा चुनाव गोर्खाल्याण्ड माग्नेहरूका निम्ति महत्वपूर्ण हो। यसैकारण
भारतीय गोर्खाहरूको एकमात्र दिर्घकालिन माग छुट्टै राज्य गोर्खाल्याण्ड राज्य
प्राप्तिको निम्ति सामुहिक एकता जुटाउने व्यक्तिगत रूपले प्रयास गरेका हौँ’ राजीव
शर्माले, चिरञ्जीवि शर्मा र सघन मोक्तानले एकैसाथ भने।
हालमा दार्जीलिङ लोकसभा समष्टिबाट गोर्खाल्याण्ड माग्नेहरू
सबै मिलेर सामुहिक रूपले एउटै प्रार्थी खडा गर्ने बिचारधारा राखेर कतिपय राजनैतिक
दलहरूले सर्वदलिय वैठक डाक्ने पहलहरू समेत गरेपनि उक्त सर्वदलिय वैठकहरूमा सबैको
सहभागीता नरहने उनीहरूको भनाई छ। ‘एउटै मुद्दाको निम्ति सामुहिक पहल हुन आवश्यक छ।
यद्यपी राजनैतिक दलहरूले सामुहिक पहल गर्दा गर्दै पनि अन्य दलहरूले शंकाको नजरले
हेर्छन्। जसको कारण पछिबाट सामुहिक प्रयास विफ्न बन्नेगरेको घट्नाहरू हाम्रा सामु
छन्। यसैकारण हामीले कुनै राजनैतिक दलका कार्यकर्ताहरू नभएको कारणले व्यक्तिगत
रूपमा एकमात्र छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सामुहिक एकता जुटाउने प्रयास
गरेका हौँ’ राजीव शर्माले भने।
यसैक्रममा सामुहिक एकता निर्माणकै पक्षमा आगामी 18-20 जनवरी
2019 का दिन दिल्लीमा सर्वदलिय चिन्तन सभा आयोजना गरेको अनि उक्त चिन्तन सभामा तृणमूल
कङ्ग्रेस बाहेक पहाडका सम्पूर्ण राजनैतिक दल सँगै महत्वपूर्ण अराजनैतिक
संगठनहरूलाई निमन्त्रण गरेको पनि राजीव शर्माले बताएका छन्।
‘तीन दिवसिय चिन्तन सभामा दार्जीलिङ लोकसभा समष्टिबाट
गोर्खाल्याण्ड माग्नेहरूको सामुहिक एकता बनेर सर्वसहमतिका एकजना प्रार्थी चयन गर्न
सकौँ भन्ने प्रयास हो। यसकारण उक्त चिन्तन शिविरमा हामीले गोर्खाल्याण्ड विरोधी
देखिएको तृणमूल कङ्ग्रेस बाहेक गोजमुमो (दुवै गुट), गोरामुमो, जन आन्दोलन पार्टी, क्रामाकपा,
गोर्खालिग (दुवै गुट), कङ्ग्रेस, भाजपा, माकपा, भागोप, एजजीसी, जीएसएस, फिगा,
नेप इण्डिया फाउण्डेसन, गल्फ लगायत अन्य राजनैतिक दल अनि विशेष
सङ्गठनहरूलाई बोलाएका छौँ’ चिरञ्जीवि शर्माले अझ भने –‘चिन्तन शिविरमा हामीले
पार्टीको प्रतिनिधी होइन तर डिसेसन मेकर बोलाएका हौँ। जसको कारण उनीहरूले लिएको
निर्णय पार्टीमा सर्वोपरि मान्य होस् भन्ने चाहना हो।’
उनले हालमा पहाडको राजनैतिक स्थिति हेर्दा गोर्खाल्याण्ड
विरोधीहरूले आगामी लोकसभा चुनाव जित्न सक्ने सम्भावनाहरू बडीरहेको भन्दै यदि
साँच्चै गोर्खाल्याण्ड विरोधी प्रार्थी सांसद चुनिएर गए गोर्खाल्याण्ड माग्ने
गोर्खाहरूका निम्ति झन् ठूलो धोका हुने पनि शर्माको भनाई रहेको छ। यस्तो अवस्थामा
सामुहिक एकता बनिन आवश्यक रहेको पनि उनीहरूको भनाई रहेको छ।
‘हामीले एकता देखाउनुपर्ने आवश्यक्ता छ। अहिले नै माटो विरोधीहरूले आगामी लोकसभा
चुनावमा जित्ने सम्भावना देखिन थाल्यो। यसैकारण हामीले एकता बनाएर गोर्खाहरूलाई
प्रतिनिधित्व गर्ने एकजना योग्य प्रार्थी चुनौँ भन्ने हाम्रो चाहना हो’ चिरञ्जीवि
शर्माले अझ भने –‘यसभन्दा अघिका नेताहरूले संसदमा गोर्खाल्याण्डबारे कुरा गरेनन्। अब
हामीलाई संसदमा गोर्खाल्याण्ड आवाज स्पष्टसँग पुर्याउनसक्ने योग्य प्रार्थी आवश्यक
छ। यसैकारण हामीले सामुहिक एकताको प्रयास गरेर तीन दिवसिय चिन्तन शिविर आयोजना
गरिरहेका हौँ।’
अर्कोतर्फ उनीहरूले उक्त सामुहिक एकता ल्याउने प्रयासलाई
लिएर कतिपय मानिसहरूले आफुहरूलाई नै शंकाको दृष्टिले हेर्नसक्ने सम्भावनाहरू रहेको
बताउँदै आफुहरूको चुनावमा खडा हुने कुनै चाहना नरहेको स्पष्ट पारेका छन्। ‘हिजका दिनसम्म
हामी बारम्बार ठगियौँ। अब बारम्बार ठगिनुहुँदैन भनेर नै जातीय हितमा हामीले
सामुहिक एकताको पहल गरेका हौँ। यसकारण एकपल्ट सबै नै जातिय हितमा एक बनौँ’ तीनैजनाले
एकैस्वरमा भने।
पक्का हाे चुनाऊ (चुनाव) मा उत्रे हुन्छ कुनै पार्टीको टिकट नपाए निर्दलीय मा उठे हुन्छ | भारत का एम पी ३३% मात्र साक्छार छन | एक त अंगुठा छाप र एक ले नाम मात्र लेख्न सक्छ \ मैले फेसबुक मा सम्पुर्ण बिवरण दिएको थिए |
ReplyDelete